आज :

ओलीसम्म पुग्दा संसदीय व्यवस्था असफलताको उत्कर्षमाः अध्यक्ष बुढाथोकी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म आईपुग्दा नेपालको संसदीय व्यवस्था असफलताको उत्कर्षमा पुगेको बताएका छन् ।

शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशनले आयोजना गरेको राष्ट्रिय एकता भेलामा बोल्दै उनले लोकतन्त्रको सुन्दर आधार भनेको संसदीय व्यवस्था भन्नेहरुलाई हाँसोको विषय बनेको बताए ।

अध्यक्ष बुढाथोकीले विज्ञान तथा प्रविधिको व्यापक विकासले मानवको श्रम शक्तिमाथि हास्तक्षेप गर्न खोजेको बताएका छन् । विज्ञान र प्रविधि मानव सभ्यतामाथि चुनौति दिन खोजे पनि त्यसलाई उचित व्यवस्थापन मार्फत सहि सदुपयोग गर्न जरुरी भएको पनि बताएका छन् ।
अवको वैज्ञानिक समाजवादी व्यवस्थामार्फत मानव सभ्यता र विज्ञानको सही सदुपयोगको बिषयलाई विशेष ध्यान पुर्याउने कुरालाई जोड दिएका छन् ।

चैत २१ गते काठमाडौंमा हुने विशाल आमसभामार्फत संयुक्त क्रान्तिकारी जनपरिषदको घोषणा गरिने बताउँदै राष्ट्रिय जन परामर्श सम्मेलनको बारेमा थप प्रस्ट पार्ने बताए । विप्लव शान्ति प्रक्रियामा आएसँगै सडक खाली रहेको र अब सडकबाट सत्ता र सरकारको स्थापनाको बाटोमा लाग्ने बताए । उनले माओवादी नेताहरुको बीचबाट नव सामन्ती प्रवृतीको कारण गौरव पूर्ण माओवादी आमरुपमा घृणाका कारण भएको छ ।
पार्टीका वरिष्ठ नेता तिलक थापाले मजदुर आन्दोलनको बलमा स्थापित सिमित ट्रेड युनियन अधिकारहर समेत मजदुरहरुले उपयोग गर्न नपाइरहेको कुराप्रति चिन्ता व्यक्त गनरे ।

पार्टीका उपाध्यक्ष रंगनाथ ढकालले मजदुर आन्दोलनलाई वैज्ञानिक समाजवाद स्थापनाको क्रान्तिमा जोड्नु पर्ने आवश्यकता रहेको तर्फ जोड दिदै, ट्रेड युनियन फेडरेशन र उसले नेतृत्व गर्ने आन्दोलन सफल हुने विश्वास व्यक्त गरे ।

कार्यत्रकममा पार्टी सचिव बलराम पुन,अरुण घिसिङ र मेघबहादुर खत्री, स्थायी समिति सदस्य धर्मराज विडुवाल,भक्तकुमार भुजेल, किसान महासंघका इन्चार्ज तथा स्थायी समिति सदस्य मनराज भुजेल अखिल क्रान्तिकारीका अध्यक्ष कपिल सिजापति, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष जनक कामी, सुकुम्वासी माहासंघका अध्यक्ष राजकुमार बिकलगायतले नेपाली मजदुरहरुले गर्ने हरेक आन्दोलन सफल नहुनु दुर्भाग्य भएको बताएका छन् ।

भेलाले नारायण थापाको नेतृत्वमा ५१ सदस्यि समितिकोसमेत चयन भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal