आज :

राष्ट्रिय सभागृहमा विप्लवले के भने ? सम्बोधनको पूरा भिडियो 

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले करिब तीन वर्षपछि पहिलो पटक सार्वजनिक सम्बोधन गरेका छन् । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रममा विप्लवले कुनै पनि शक्तिले हेप्न खोजे या हमला गर्न खोजे सहेर नबस्ने बताएका छन् ।

नेपालमा अहिले झुपडी, गाउँ, शहर या देशबाहिर रहेका नेपालीहरु कसैले पनि सुरक्षित महसुस गर्ने स्थिति नभएको बताए । ”हामी अगाडि बढेकै हो । हाम्रो अहिले पनि भनाइ छ– नेपालमा कसैले पनि सुरक्षित महसुस गर्ने स्थिति छैन । सबै नेताहरुलाई, सबै पार्टीहरुलाई, सबै जनतालाई आफ्नो जीवनमाथि आफैं हाबी भएको, आफै नेतृत्व गरिरहेको जस्तो अनुभूति भइरहेको छैन । अहिलेकै भन्नुहोस् या जहिल्यैको पनि । हरेक घटनाक्रममा ठूलो तरंग नेपाली जनताको बीचमा छ । अहिले पनि छ । सायद, तपाईंहरु सबैले बुझिसक्नुभएको छ ।”

तीन बुँदे सहमितभित्र सुन्दर सपना रहेको दाबी गर्दै विप्लवले सार्वभौमिक सत्ता सम्पन्न जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी रहेकोमा बताए ।

विप्लवले अगाडि भने- हामीले भनेका छौं– जनमत । छलफल हुने पनि गरेको छ, जनमत । सार्वभौमिक सत्ता सम्पन्न नेपाली जनता । जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चाहन्छन् जनताले ? के यो दलाल पूँजीपतिहरुको चक्रमा सधैं घुम्नुपर्ने नियति हो ? के नेपाली जनताले स्वतन्त्रपूर्वक ‘स्टेप’ चाल्न नपाउने ? नेपाली राज्यले, सरकारले चाल्न खोज्दा पनि नपाउने परिस्थिति त बन्यो नि त ! यो छर्लङ्गै देखेका छौं नि ।

पूरा भिडियो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal