
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव कुमार नेपाल समूहले संसदीय दलको नेता चयन गरेको छ । शुक्रबार बसेको सो समूहको दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता प्रचण्डलाई चयन गरेको हो ।
बैठकमा प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे । अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे ।
(नेकपा)को प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ जना सांसद छन् । संसदीय दलको बैठकमा ११४ जना सांसदको हस्ताक्षर गरेको बताइएको छ । अन्य केही सांसदको हस्ताक्षर गर्न बाँकी रहेको जनाइएको छ ।
दलको नेता चयन भएपछि प्रचण्डले ओली समूहतिर लागेका सांसदहरुलाई आफ्नो समूहमा फर्किन आग्रह गरेका छन् ।