
काठमाडौं । नेपल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कसैले हस्तक्षेप गर्न खोजे नझुक्ने बताएका छन् । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, “कसैले हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौं तर झुक्दैनौं ।”
महासचिव विप्लवले सहमतिप्रति आफ्नो पार्टी प्रतिबन्ध भएको बताए । उनले तीन बुँदे सहमतिमा शंका गर्न आवश्यक नभएको बताए । तीन बुँदे सहमतिमा कुतर्क र आशंका गर्न आवश्यक नएको विप्लवले बताए । उनले कम्युनिस्ट संघर्षका योद्धा मात्रै नभएर शान्तिका दूत पनि भएको बताए ।
विप्लवले तीन बुँदे सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए । उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न वातावरण बनाउने सरकार र वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए ।
विप्लवले सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा नभएर सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ ।