
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव करिब तीन वर्षपछि आज पहिलो पटक सार्वजनिकरुपमा सम्बोधन गर्दैछन् । सरकार र नेकपाबीच तीन बँुदे सहमति गर्दै वार्ता सफल भएपछि विप्लव विशेष सम्बोधन गर्दै सहमतिमा हस्ताक्षर गर्न लागेका छन् ।
शुक्रबार (आज) दिउँसो २ बजे राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन विप्लव पश्चिम नेपालबाट काठमाडौँ आएका हुन् । पश्चिम नेपालको ग्रमिण क्षेत्रामा जनताको घरमा बस्दै आएका विप्लव विहीबार यात्रा सुरु गरेका थिए ।
लामो समयदेखि बस्दै आएका गाउँ बस्तीबाट विप्लवलाई कार्यकर्ता, स्थानीय सर्वसाधारणसँगै सहिद परिवारले बिदाई गरेका थिए । उनीहरुले रातो अबिर लगाएर बिदाई गरेका थिए । बिदाई हुँदा सहिद परिवार र कार्यकर्ताले ‘धोका नदिनु होला’ भन्दै भाबुक भएका थिए । उनीहरुले क्रान्ति पूरा नभएको भन्दै विप्लवलाई अगाडि बढ्न र आफूहरु साथमा रहेको समेत बताएका थिए ।
विप्लव बस्दै आएको बस्तीबाट राति हिडेर शुक्रबार विहान पूर्वी नवलपरासी पुगेका थिए । आजै विहान अमरापुरीमा पहिलो पटक सार्वजनिक भएका विप्लवलाई त्यहाँ पनि स्थानीय कार्यकर्ता र सहिद परिवारले बिदाई गरेका थिए । सुरक्षा निकायलाई जानकारी नदिएर विप्लव काठमाडौँ आइरहेको सूचना प्रहरीले पायो । प्रहरीले नारायणगढबाट स्कर्टिङ गरिरहेको छ ।
विप्वलव विहीबार राति पुगेर नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेको बताइएको छ ।
विप्वल आज विहान काठमाडौँ हिड्नु भन्दा पहिले उनी अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरेका थिए । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि विप्लवले इन्कार गरेर गाडीबाटै काठमाडौँ आएका हुन् ।