आज :

विप्लव काठमाडौँ पुग्दै, बास्तोलालगायतका नेताहरु रिहा हुँदै, सुदर्शनको पनि प्रक्रिया अगाडि बढ्यो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला आज रिहा हुँदैछन् । सरकारले आजबाट रिहा गर्न सर्कुलर जारी गरेसँगै बास्तोला रिहा हुन लागेका हुन् ।

सर्वोच्च अदालतले पटकपटक दिएको आदेशलाई लत्याउँदै प्रहरीले पुनः पक्राउ गर्दै आएको थियो । अहिले बास्तोलालाई काभ्रेको हिरासतमा राखिएको छ । विहीबार गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाएर हिरासतमा रहेका नेकपाका नेता, कार्यकर्तालाई आजसम्म छोड्न निर्देशन दिएको थियो । प्रहरी हिरासतमा रहेका नेता, कार्यकर्ताहरु आज छुट्दैछन् ।

त्यसैगरी पुर्पक्षका लागि जेल चलान गरेका नेता, कार्यकर्ताको अदालती प्रक्रिया पूरा गर्न केही लाग्न सक्नेछ । सरकारले मुद्धा फिर्ता लिएसँगै उनीहरु सबैलाई पनि रिहा गर्न प्रक्रिया पूरा गर्न लागिएको हो । नख्खु कारागारमा रहेका नेकपाका अर्का सचिवालय हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न पनि प्रक्रिया पूरा गर्न लागिएको छ ।

सरकार र नेकपाबीच तीन चरणसम्म वार्ता भएर तीन बुँदे सहमति भएको थियो । सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापा र नेकपाका वार्ता टोली संयोजक प्रकाण्डले संयुक्तरुपमा प्रेस नोट जारी गरेर तीन बुँदे सहमति भएको सार्वजनिक गरिएको थियो । जसमा नेकपाले आफ्ना राजनीतिक गतिविधि शान्तिपूर्णरुपमा संचालन गर्ने, समस्या संवाद र छलफलबाट हल गरिने, सरकारले प्रतिबन्द फुकुवा र बन्दी रिहा गर्ने तयार भएको छ ।

त्यसको लागि विप्लव काठमाडौं आउँदैछन् । नेकपाका एक नेताका अनुसार विप्लव विहान काठमाडौँ पुगिसकेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal