आज :

प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मंचबाट सम्बोधन गर्दैै

काठमाडौँ । सरकार र नेपाल कम्युनिस्टा पार्टीबीच भएको तीन बुँदे सम्झौता आज सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । सरकार र नेकपाबीच तीन चरणसम्मको वार्ताबाट भएको सहमति सार्वजनिक गर्न विशेष कार्यक्रमको तय भएको हो ।

तीन बुँदे सहमतिलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले एउटै मंचबाट सार्वजनिक गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा आयोजना गरिएको विशेष कार्यक्रमलाई ओली र विप्लवले सम्बोधन समेत गर्ने भएका छन् ।

नेकपाले आफ्ना सबै राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा संचालन गर्ने, सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने, समस्याका समाधान संवाद र छलफलबाट खोजिने र सरकारले नेकपका नेता कार्यकर्तालाई रिहाई गर्ने सहमति भएको थियो ।

सहमति अनुसार नेकपाका महासचिव सार्वजनिक भएर विशेष सम्बोधन गर्दैछन् भने सरकारले आजबाट बन्दी रिहाईको प्रक्रिया सुरु गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरिसकेको छ भने हिरासतमा रहेका नेता कार्यकर्ता छोड्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal