आज :

सरकार र नेकपाबीच तीन बुँदे सहमति, प्रतिबन्ध फिर्ता र बन्दी रिहा हुने

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । विहीबार सम्पन्न तेस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको प्रेस नोटमार्फत जानकारी गराइएको छ ।

सरकारी वार्ता टोली संयोजक रामबहादुर थापा र नेकपाका वार्ता टोली संयोजक प्रकाण्डले संयुक्त रुपमा जारी गरिएको प्रेस नोटमा नेकपाले शान्तिपूर्ण तरिकाले गतिविधि संचालन गर्ने, सरकारले प्रतिबन्ध फिर्ता सँगै बन्दी रिहा गर्नेलगायतका विषयमा सहमति भएको छ ।

यस्तो छ सहमति

विहीबार विहानैबाटै प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको हो ।

बुधबार विहान र साँझ गरी दुई चरणको वार्ता भएको थियो । हिजो दुबै पक्षले आआफ्ना धारण राखेका थिए । त्यसमा आज थप छलफल जारी रहेको बताइएको छ । नेकपाका वार्ताकारहरुले प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइसँगै राजनीतिक एजेण्डा वार्तामा अगाडि सारेका छन् ।

आजको वार्तामाम प्रतिबन्ध फिर्ता, नेता कार्यकर्ता रिहाई गर्न सकारात्मक भनिएपनि राजनीतिक प्रतिबद्धता सरकारले खोजेको छ । नेकपाका वार्ताकारहरुले सर्वपक्षिय भेला, वैकल्पिक सर्वपक्षीय सरकार, व्यवस्थाबारे जनमत संग्रहबारे सरकारी धारणा माग गरेको स्रोतको दाबी छ ।
बुधबार भएका वार्ताको छलफलबारे नेकपाका महासचिव विप्लवलाई जानकारी गराइसकेको बताइएको छ । सरकारले बुधबार राखेका धारणाबारे विप्लवको भनाईसहति नेकपाका वार्ताकारहरुले छलफल सुरु गरेको बताइएको छ ।

यसैबीच सरकारले नेकपाका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।

सरकारको निर्देशनलाई गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेकपाका नेता कार्यकर्ता पक्राउ नगर्न निर्देशन दिएका थिए ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ सहभागी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal