
काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच दोस्रो चरणको वार्ता पनि आजै भएको छ । बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो । दुबै पक्षले थप तयारी गरेर दोस्रो चरणको वार्तामा बसेका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दोस्रो चरणको वार्तामा दुबै पक्षले आफ्ना विषयमा धारण राखेका थिए । पहिलो चरणमा राखेका विषयमा अर्को पक्षले प्रारम्भिक धारणा समेत राखिएको स्रोतले बतायो ।
दोस्रो चरणको वार्तामा सरकारी वार्ता टोली सदस्य डा. राजन भट्टराईले वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपका र सरकार टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भएको बताए ।
दोस्रो चरणको वार्ता विषय केन्द्रीत रहेको बताइएको छ ।