आज :

सरकार र नेकपाबीच पहिलो चरणको वार्ता सकियो, यस्तो भयो सहमति 

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता सकिएको छ । बुधबार विहान काठमाडौंमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको हो ।

बालुवाटारमा भएको पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्ना कुरा राखेका थिए । सरकारी र नेकपाका वार्ताकारहरुले आफ्ना कुरा राखेर थप तयारी गरेर फेरि आर्को चरणको वार्ता गर्ने सहमति गरेका छन् ।

नेकपाका वार्ताकारले पार्टीमाथिको प्रतिबन्ध, बन्दी रिहा र झुट्टा मुद्दाबारे सरकारी धारणा मागेको स्रोतले बतायो । सरकारी वार्ताकारले त्यसका सरकार सकारात्मक रहेको जवाफ दिएका थिए । सरकारी वार्ता टोली सदस्य डा. राजन भट्टराईले बार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले थप तयारी गरी फेरि बस्ने बताए ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेलगत्तै नेकपाले पनि प्रबक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर प्रकाण्ड र केन्द्रीय सदस्य उदयबहादुर चलाउने रहेको वार्ता टोली गठन गरेको जानकारी दिएका थिए ।

नेकपाको वार्ता टोली हिजै काठमाडौं पुगेको थियो ।  केपी ओली नेतृत्वको सरकारले नेकपामाथि दुई वर्षअघि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal