
काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपामाथिको प्रतिबन्ध फिर्ता लिने जानकारी दिएका हुन् ।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा समिति गठन गरेको जानकारी दिए ।
सरकारले बादललाई संयोजक र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई वार्ता टोलीको सदस्य बनाएको छ । सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्धसँगै नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोलासँगै केन्द्रीय सदस्यहरु माइला लामा, भरत बम, ओमप्रकाश पुन, आदर्शलगागतय दर्जनौं नेताहरु जेलमा छन् ।
यसैबीच नेकपाले पनि वार्ता टोली गठन गर्न लागेको छ । स्रोतका अनुसार प्रवक्ता खड्कबहादुर विश्वकर्माको नेतृत्वमा वार्ता टोली नेकपाले घोषणा गर्न लागेको छ ।