आज :

वैद्य-विप्लवसहित चार पार्टीको आज इटहरीमा विशाल जनसभा हुँदै

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको ने.क.पा. (क्रान्तिकारी–माओवादी), विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले आज इटहरीमा विशाल जनसभा गर्न लागेका छन् । चार पार्टीको रकणनैतिक संयुक्त मोर्चाले गर्न लागेको जनसभालाई चारै पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

मोर्चामा ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी पनि सहभागी छन् । चारै पार्टीले माघ २८ गते काठमाडौँमा रणनीतिक संयुक्त मोर्चाको घोषणा गरेका थिए । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा घोषणा गर्दै नेतााहरुले मोर्चाका थप कार्यक्रम पनि सार्वजिनक गरेका थिए ।

मोर्चाले यसअघि बुटवल र धनगढीमा जनसभा सम्पन्न गरिसकेको छ । दुबै कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागीता देखिएको थियो । बुटवलको कार्यक्रमलाई सम्बोधन गरी फर्किँदै गर्दा नेकपाका नेता भेषराज भुसाललाई प्रहरीले गिर फ्तार गरेको थियो ।

आजको जनसभामा पनि ठूलो सहभागिता हुने आयोजक मोर्चाले दाबी गरेको छ । सभालाई सम्बोधन गर्न नेताहरु विहानै इटहरी पुगिसकेका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal