आज :

ओली रणनीतिः संसदीय दलको बैठक नबोलाउने, अविश्वास प्रस्तावमा लाग्ने सांसदलाई कारवाही गर्ने

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेसँगै (नेकपा) प्रचण्ड–नेपाल समूह र ओली समूह अबको यात्राबारे भित्र र बाहिर छलफललाई घनिभूत पारेका छन् । प्रचण्ड र नेता माधव कुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग पनि छलफल गरिसकेको छ । पार्टी स्थायी समिति बैठक बसेर आगामी यात्राबारे रणनीति बनाउने सो समूहका नेताहरुले बताएका छन् ।

सर्वोच्चको फैसलाले धक्का खाएको ओली समूह जसरी पनि सत्ता जोगाउने रणनीतिमा लागेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिने स्थायी समिति बैठक बोलाएर सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । दुबै समूहको उद्देश्य सरकार र पार्टी कब्जा गर्ने रहेको छ ।

प्रचण्ड–नेपाल समूहका नेताहरुले नैतिकताका आधारमा ओलीले राजिनामा दिनुपर्ने बताउँदै आएका छन् । तर, ओलीले राजिनामा नदिने निर्णय गरिसकेका छन् । उनले अविश्वासको प्रस्ताव आए फेस गर्ने निर्णय गरेका छन् ।

दलको नेता फेर्ने प्रचण्ड–नेपाल समूहको योजनामा पनि सफल हुन सकेको छैन । सर्वोच्च अदालतको फौसलाको भोलिपल्टै संसदीय दलको बैठक बस्न खोजेपनि केही कानुनी जटिलता भएकोले बैठक बस्न सकेको छैन । दलका नेता र उपनेताले मात्रै संसदीय दलको बैठक बोलाउन पाउने कानुनी व्यवस्था छ । दलको नेता र उपनेताले नबोलाएको बैठकले गर्ने निर्णय फेरि अदालत जान सक्ने भएपछि प्रचण्ड–नेपाल समूह अगाडि बढ्न सकेको छैन ।

स्रोतका अनुसार ओलीले दलको बैठक पनि नबोलाउने र बीचमै अविस्वासको प्रस्ताव आएमा सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप लगाउने योजना बनाएका छन् । एक नेताका अनुसार पार्टी अलग पनि नभइसकेको अवस्थामा अविश्वास प्रस्तावको पक्षमा लाग्ने सांसहरुलाई दलको नेता र पार्टी अध्यक्षको हैसियतामा निलम्बन गर्ने बताए । यसमा समानुपातिकबाट आएका सांसदहरु मारमा पर्ने देखिन्छ । यसअघि ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइसकेका छन् ।

स्रोतका अनुसार नयाँ प्रधानमन्त्री चयन गर्न नदिएर ओली फेरि पनि आफ्नै नेतृत्वमा चुनाव गराउन चाहन्छन् । त्यसैको लागि  काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि गोप्य छलफल गरिसकेका छन् ।

देउवा पनि चुनावमा गए बहुमत आउने सम्भावना भएको भन्दै ओलीको कदमलाई साथ दिने बताइएको छ । संसद् पुनस्र्थापनाको केही समयअघिसम्म पनि देउवा चुनावकै पक्षमा लागिरहेका थिए ।

प्रचण्ड–नेपाल र ओली दुबै समूहको लागि काँग्रेसको साथ अनिवार्य छ । उता काँग्रेस पनि विहीबार पदाधिकारी बैठक बोलाएर (नेकपा) नफुटेसम्म सरकारमा जानेबारे निर्णय नगर्ने निष्कर्ष निकालेको छ । यो काँग्रेसको परिपक्क निर्णय मानिएको छ । (नेकपा)कै कारण नयाँ सरकार बन्न नसक्ने भएकाले हतारमा निर्णय गर्न आवश्यक नरहेको काँग्रेस नेताहरुको भनाई छ । काँग्रेसको यो निर्णयले ओली समूहलाई राहतसमेत मिलेको छ ।

(नेकपा) का दुबै समूहका नेताहरुका तयारीलाई हेर्दा नेपालको राजनीतिक अवस्था झन् खराब हुने सम्भवना देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal