
काठमाडौं । विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर जुत्ता प्रहार गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव कुमार नेपाल समूह निकट अनेरास्ववियूका नेता कार्यकर्ताहरुले सोमबार काठमाडौंमा पुत्ला बनाएर प्रधानमन्त्री ओलीमाथि जुत्ता तथा चप्पल प्रहार गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी भन्दै नारायणहिटी सङ्ग्रहालय अगाडि कालो पुत्ला बनाएर जुत्ता प्रहार गरेका हुन् । विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले संसद् पुनः स्थानपनाको माग समेत गरेका थिए ।
प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदम प्रतिगामी भएकोले आफूहरुले सांकेतिक रुपमा प्रतिगमनविरुद्ध जुत्ता प्रहार गरेको अनेरास्ववियूकी नेतृ पञ्चा सिंहले बताइन् ।