आज :

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-नेपाल समूहद्वारा अविश्वास प्रस्ताव पेश

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव कुमार नेपाल समूहले अविश्वास पस्ताव पेश गरेको हो ।

पार्टी विभाजनसँगै प्रचण्ड-नेपाल समूहका सांसदहरुले प्रदेशसभा सचिवायमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावलाई संसद बैठकमा पेश गर्न रोक्न (नेकपा) को ओली समूह अर्थात सत्तारुढ सांसदहरुले संसद बैठक अवरुद्ध गर्दै आएका थिए । सत्तापक्षका सांसदहरुले संसद अवरुद्ध गर्न थालेपछि चौतर्फी विरोध भएको थियो ।

ओली समूहबाटै आलोचना हुन थालेपछि आजको बैठकमा सत्ता पक्षका सांसदहरुले संसद बैठक अवरुद्ध नगरेपछि अविश्वास प्रस्ताव पेश गरिएको थियो । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका हुन् ।

अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका हुन् । आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले संसद बैठक स्थगित भएको जानकारी गराउँदै अर्को बैठक यही फागुन २० गते बस्ने जानकारी दिइएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal