आज :

सात महिनाको यात्रापछि मंगलग्रहमा पुग्यो अमेरिकी यान, जीवनको सम्भावना खोज्ने

काठमाडौं । सात महिनाको यात्र पार गरेर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । नेपाली समयानुसार शुक्रवार बिहान २ः४५ बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो । यानले ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रह पुगेको हो । यानका ६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्सले जनाएको छ ।

यति लामो समय लगाएर अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्नुअघि वैज्ञानिकले सबैभन्दा कठिन चुनौती मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु नै रहेको बताएका थिए । अन्तरिक्षको यानकाे सफल अवतरणसँगै क्यालिफोर्नियामा रहेको कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले खुशी मनाएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

नासाका अनुसार यानले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्ने गर्नेछ । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal