आज :

भागरथी–निर्मला-सम्झनालाई न्यायको माग गर्दै अखिल क्रान्तिकारीद्वारा नेपालगंजमा वृहत प्रदर्शन

नेपालगंज । अनेरास्ववियु (क्रान्तिकारी) ले बाँकेको नेपालगंजमा वृहत विरोध प्रदर्शन गरेको छ । भागरथी भट्ट, निर्मला पन्त, सम्झना बिकलाई न्यायको माग विहीबार नेपालगंज बजारमा अखिल क्रान्तिकारीले वृहत प्रदर्शन गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको भरी–कर्णाली क्षेत्रीय समन्वय समितिद्वारा आयोजित विरोध प्रदर्शनमा हजारौं विद्यार्थीहरु सहभागी भएका थिए । उनीहरुले भागरथी भट्ट, निर्मला पन्त, सम्झना बिकका अपराधीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले सरकारले शान्ति सुरक्षा दिन नसकेकै कारण देशमा ब लात्कार र ह त्याका पीडितले न्याय पाउन नसकेको बताए । उनीहरुले राज्य गैरजिम्मेवार बनेका कारण यस्ता घटना मौलाइरहेको आरोप समेत लगाए ।

 

समितिका संयोजक हर्कबहादुर बिकले भागरथी, निर्मला पन्त र सम्झना बिकलगायतका छात्राले न्याय नपाए थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal