आज :

सामना परिवारका प्रमुख कलाकार सरल माझीलाई रिहा गर्न महासंघको माग

काठमाडौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सामना सांस्कृतिक परिवारका प्रमुख कलाकार सरल माझीको गिर फ्तारको निन्दा गर्दै रिहाईको माग गरेको छ । प्रहरीले माझीलाई यही माग २४ गते बाग्लुङबाट गिर फ्तार गरेको थियो ।

महासंघका महासचिव खेम थपलियाले एक विज्ञप्ति जारी गरेर कलाकारमाथि भइरहेको भइरहेको गिर फ्तारी, दमन र ज्यादती रोक्न सरकारलाई चेतावनी समेत दिएका छन् । नेपालको परिवर्तनकारी आन्दोलनमा जनताका कलाकारहरूको अद्वितीय भूमिका रहँदै आएको बताउँदै थपलियाले बलिदान, समर्पण, शौर्यको प्रतिबम्बका रूपमा स्थापित सामना सांस्कृतिक परिवार र जनताका प्रिय कलाकारहरूमाथि पटक–पटक दलाल सामाजिक फासिवादी व्यवस्थाका मतियारहरूले गिरफ्तारी गर्ने, धरपकड गर्ने, वाद्यवादनका सामग्री लुट्ने, झुट्टा मुद्दामा फसाउने हर्कत गर्दै आएको बताए ।

“नेपालको परिवर्तनकारी आन्दोलनमा जनताका कलाकारहरूको अद्वितीय भूमिका रहँदै आएको छ । बलिदान, समर्पण, शौर्यको प्रतिबम्बका रूपमा स्थापित सामना सांस्कृतिक परिवार र जनताका प्रिय कलाकारहरूमाथि पटक–पटक दलाल सामाजिक फासिवादी व्यवस्थाका मतियारहरूले गिरफ्तारी गर्ने, धरपकड गर्ने, वाद्यवादनका सामग्री लुट्ने, झुट्टा मुद्दामा फसाउने हर्कत गर्दै आएको छ । कमरेड सरल माझीको गिरफ्तारी त्यसैको पछिल्लो फासिवादी कडी हो । समकालीन नेपाली राजनीतिको यस्तो विशिष्ट अवस्थामा जनताका कलाकारलाई बिनाकारण गिरफ्तार गरिनु सामान्य परिघटना हुनै सक्तैन । हाम्रो सङ्गठन जनताको महान् बलिदानबाट प्राप्त राजनीतिक–वैचारिक अधिकारको सम्मान गर्न आग्रह गर्न चाहन्छौँ । हाम्रो सङ्गठन पक्राउ परेका जनकलाकार सरल माझी एवम् बाग्लुङ इन्चार्ज कमरेड छम सेनलाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछ । हाम्रो सङ्गठन क्रान्तिकारीहरूलाई मारेर, थुनेर, थकाएर, गलाएर वा आत्मसमर्पण गराएर महान् जनक्रान्तिको गतिवान प्रवाहलाई रोक्ने सपना नदेख्न पनि यसै वक्तव्यमार्फत चेतावनी दिन चाहन्छ” विज्ञप्तिमा भनिएको छ ।

महासचिव थपलियाले सरकारले वार्ताको हल्ला चलाउने र अर्कोतिर नेता कार्यकर्तालाई निरन्तर धरपकड र गिर फ्तार गर्ने गरेको भन्दै निन्दा र भत्सर्ना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“एकातिर वार्ताको हल्ला चलाउने र अर्कोतिर नेता–कार्यकर्तालाई निरन्तर धरपकड र गिरफ्तार गर्ने ओली सरकारको यस प्रकारको निकृष्ट कार्यको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । अतः ससंदीय सत्ताको सिनो लुछ्ने झगडामा निर्लिप्त भ्रष्ट र दमनकारी शासक एवम् असफल सिद्ध भइसकेको दलाल संसदीय व्यवस्थालाई ध्वंस गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ जनक्रान्तिको आँधी–तुफानमा समाहित हुन पनि हामी यसै वक्तव्यमार्फत सबैलाई आह्वान् गर्दछौँ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal