News Portal

आन्दोलनकारीले सडकमै यसरी पकाए भात

डबली संवाददाता२०७७ माघ २२ गते
५० पटक

काठमाडौं । आन्दोलनमा उत्रिएका (नेकपा) प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताहरुले सडकमै भात पकाएर खाएका छन् ।

बिहिबार बिहानै कोटेश्वर चोकमा आन्दोलनकारी जम्मा भएर सडकमै भात पकाएका हुन् ।  उक्त ठाउँमा ४–५ सय जति मानिस जम्मा भएर खाना खाएका हुन् । खाना पकाउने क्रममा केहीबेर प्रहरीसँग भनाभन समेत भएको थियो ।

आन्दोलनकै क्रममा कोटेश्वर चोकमा आन्दोलनकारीको भीड रहेको भन्दै प्रहरीले जडिबुटी र कोटेश्वरमा अवरोधक राखेरै बाटो बन्द गरेको थियो। ती स्थानमा पत्रकारसहित सर्वसाधारणलाई रोक लगाइएको थियो। दर्जनौं सवारीसाधनलाई गन्तव्य पुग्नुअगावै फर्काइएको थियो।

प्रतिकृया दिनुहोस्