आज :

धर्मेन्द्र बास्तोलालाई आज सर्वोच्च अदालतमा उपस्थित गराइँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई आज सर्वोच्च अदालतमा उपस्थिति गराइने भएको छ । बास्तोलाको गि रफ्तारीविरुद्ध परेको बन्दी प्रत्यक्षिकरणको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

बास्तोलालाई राजनीतिक विचारकै कारण गैरन्यायिक रुपमा गि रफ्तारी गरेको भन्दै पत्नी हिमा बास्तोलाले माघ १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो ।
पुस २९ गते ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट प्रहरीले बास्तोलालाई गि रफ्तार गरेको थियो । अहिले उनलाई प्रहरी परिसर जावलाखेल ललितपुरको हिरासत राखिएको छ । प्रहरीले बास्तोलामाथि चन्दा, बि स्फोटलगायतका मुद्धा लगाएको छ ।

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी अधिवक्ताहरु कपिल चन्द्र पोखरेल, सन्तोष कोइराला, राजु अधिकारी, कान्तिराम ढुङ्गाना, चुडाबहादुर निरौलालगायतका अधिवक्ताहरुले बहस गरेका थिए । बास्तोलालाई पक्राउ गरी हिरासतमा राख्नुको कारणसहित बन्दीलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो । सोही आदेशअनुसार बास्तोलालाई आज प्रहरीले अदालतमा उपस्थित गराउन लागेको हो ।

नेकपाले बास्तोलाको गि रफ्तारीविरुद्ध नेपाल बन्दसहितका विरोध कार्यक्रम सम्पन्न गरिसकेको छ । नेकपा नेता कार्यकर्ताहरुले बास्तोलोका गि रफ्तारीविरुद्ध देशभर विरोध प्रर्दशन गरेका थिए । पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गरेर विरोध तथा संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

सरकारले नेकपामाथि शान्तिपूर्ण राजनीतिक गतिविधि समेत गर्न नदिने गरी प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरी दुःख दिने काम जारी रहेको छ । अहिले पनि पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली, केन्द्रीय सदस्यहरु भरत बम, माइला लामा, आदर्शलगायत सयौं नेता कार्यकर्ता जेल जीवन कटाइरहेका छन् ।

अदालतले राजनीतिक विचारकै कारणले पक्राउ गर्न नपाइने भन्दै रिहाई गर्न आदेश दिएपनि नेकपाका नेता-कार्यकर्तामाथि दर्जनौं मुद्दा लगाउने र विभिन्न जिल्ला घुमाएर दुःख दिने काम प्रहरीले गरिरहेको छ । आज बास्तोलालाई रिहा गर्न आदेश आउने सम्भावना रहेको बताइएको छ । तर प्रहरीले पुनः पक्राउ गर्ने तयारी पनि भइरहेको छ ।

यसैबीच नेकपाका काठमाडौं सेक्रेटरी भिमसेन घिमिरे, हरि चन्दको गि’रफ्तारीविरुद्ध परेको रिटमाथि पनि आजै सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । हिजो समय अपुग भएकोले आजलाई सारिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal