आज :

म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अमेरिकी राष्ट्रपति बाइडनले दिए यस्तो चेतावनी, कुन देशले के भने ?

काठमाडौँ । म्यानमारको सेनाले फेरि शासन सत्ता हातमा लिएपछि विश्वभर विरोध भइरहेको छ । एक वर्षसम्म संक टकाल लगाएरको म्यानमारले सत्ता क ब्जा गरेको जनाएको थियो ।म्यामारको सेनाको कदमको अमेरिकी राष्ट्रपति जो बाइडनले कडा कदम चाल्ने भन्दै चेतावनी दिएका छन् । निर्वाचनमा बहुमत प्राप्त सरकारलाई अपदस्त गरेसँगै म्यामानरको सेनाको नेपालसहित विश्वका अधिकांश देशहरुले विरोध जनाएका छन् ।

चुनावमा बहुमत प्राप्त पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू ची र राष्ट्रपति वुइन मीयनसहित अन्य नेताहरुलाई सेनाले गि रफ्तार गरेको छ । उक्त घटनाबारे पहिलो पटक बोल्दै राष्ट्रपति बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका चेतावनी दिँदै अमेरिकाले उचित कदम चाल्ने बताएका छन् ।

अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिर फ्तारिलाई भयभीत पार्न खेल भएको बताएका छन् ।
म्यानमारको घटनाबारे नेपालले पनि प्रतिक्रिया जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमवार साँझ एउटा विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले नेपालले सबै पक्षले म्यान्मारका जनताको इच्छालाई सम्मान गर्ने र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया शीघ्र पुनः स्थापित हुने विश्वास व्यक्त गरेको छ ।

सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र नेत्री आङ सान सू चीसहित अन्य नेताहरूको सुरक्षाबारे चासो व्यक्त गर्दै नेपालले उनीहरूलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ ।

त्यसैगरी संयुक्त राज्य अमेरिका, जापान, भारत, युरोपेली सङ्घ र म्यान्मारकै अधिकारीहरूले लोकतन्त्रको सम्मान गर्न अपील गरेका छन् ।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूलाई रिहा गर्न आग्रह गरेका छन् । त्यस्तै, म्यान्मारको प्रमुख व्यापार साझेदार चीनले सबै पक्षलाई संविधानको पालना गर्न र स्थिरता कायम गर्न आग्रह गरेको छ । म्यान्मारका दुई छिमेकी देशहरू थाईल्यान्ड र कम्बोडियाले सैनिक कूलाई आन्तरिक मामिला भनेर सेनाको कदमलाई साथ लिएका छन् ।

यसैबीच म्यानमारको घटनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको आपत्कालीन बैठक बस्दैछ । बैठकले ठोस कदम चाल्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal