आज :

चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस

काठमाडौं । आधा माघ गइसक्दा पनि काठमाडौंसहित देशभर चिसो बढिरहेको छ । काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । आइतबार विहान काठमाडौं न्यूनतम् तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आकाश खुलेकोले चिसो बढेको बताइएको छ । महाशाखाअनुसार दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको छ । काठमाडौको सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज प्रदेश न १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भुूभागका एक दुई स्थानमा हल्का हिमपाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ६ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal