आज :

प्रचण्ड-नेपालको धनगढी सभाले दिएको सन्देश !

धनगढी ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको धनगढीमा गरिएको शक्ति प्रदर्शनले केही राजनीतिक संकेत वा सन्देश दिएको छ । राजनीतिक विश्लेषकका अनुसार धनगढीमा प्रचण्ड र नेपाल दुबै नेताको भाषणले नेपालको राजनीतिक द्वन्द्वतिर जाने देखिएको छ । सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल समूहले सभामुखलाई लगाएर संसद् बैठक बोलाउन सक्ने र ओलीमाथि कारवाही गर्न सक्ने देखिएको छ ।

पार्टी केन्द्रदेखि सडकसम्म एकतिहाई भएको भन्ने अभिव्यक्तिले ओली समूह आक्रोसित हुने र धनगढीमै वा अन्य ठाउँमा यो भन्दा ठूला प्रदर्शन गर्न सक्ने देखिएको छ । यस्ता बेसौमी जनसभा वा शक्ति प्रदर्शनले जनतालाई सास्ती हुनुको साथै कोरोना महामारी फैलिन सक्ने देखिन्छ ।

अर्को सन्देश सुदूरपश्चिममा ओली समूहभन्दा प्रचण्ड-नेपाल समूह बलियो देखिएको छ । हुन त पहिला ओलीको सभा भएकोले त्यसलाई काउन्टर गर्नेगरी तयारी गरेकोले पनि हुन सक्छ । तर, सहभागीलाई मात्रै हेर्ने हो भने ओली समूहको सभामा भन्दा शनिबार धेरैको सहभागिता थियो ।

त्यसैगरी अर्को सन्देश भनेको यो शक्तलाई सहमति नगराएसम्म चुनाव हुन सम्भव छैन । यदि जबरजस्ती गराइए ठूलो क्षति हुने देखिन्छ । दुबै पक्षले यसको मूल्य चुकाउनु पर्नेछ ।

सभामा नेताले के भने त 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई संसद बैठक बोलाएर कारवाही गर्ने तागत आफूसँग भएको बताएका छन् । सो समूहले शनिबार धनगढीमा आयोजना गरेको  विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताए ।

प्रचण्डले वृहत विरोध सभालाई सम्बोधन गर्दै आफूपक्षीयसहित काँग्रेस र जसपाका गरीदुई तिहाइ सांसद ओलीको प्रतिगमनको विपक्षमा रहेको भन्दै ओलीको सनकको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने बताए ।

प्रचण्डजे ओलीको कदमविरुद्ध सभामुखले बैठक बोलाउने र ओलीले राष्ट्रघात गरेको ठहर गर्दै प्रधानमन्त्रीबाट हटाउँदै कारबाही गर्न सक्ने अधिकार संसदसँग रहेको दाबी समेत गरे । उनले प्रचण्डले सर्वोच्च अदालतले मुद्दाको सही फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

प्रचण्डले ओलीलाई तानाशाह भन्दै जनताको सार्वभौम अधिकारमाथि कुल्चिएको बताउँदै प्रतिगमनको यात्रालाई परास्त गरेरै छाड्ने उद्घोष गरे । ओलीले सेटिङमा चालेको कदमलाई जनताको सेटिङले भत्कउँदै त्यसपछि विकास र समृद्धिका नयाँ युगतिर लागिने प्रचण्डले बताए ।

सभामा आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले प्रतिनिधिसभा विघटनको नाममा भएको प्रतिगमनलाई सुदूरपश्चिमले परास्त गर्ने हिम्मत देखाएको समेत बताए । ओलीसँग केन्द्रीय सदस्यमा एकतिहाइ मात्रै रहेको र सडकमा पनि एकतिहाइको मात्रै साथ रहेको दाबी प्रचण्डले गरे । उनले सुदूरपश्चिमले ओलीको घमण्डलाई फुच्चे बनाइदिएको बताए ।

त्यसैगरी सो समूहका अर्का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको पतन निश्चित भएको बताउँदै म्यादी केन्द्रीय सदस्यहरू हिस्स बुढी खिस्स दाँत जस्तै भएको बताए । सभामा बोल्दै नेपालले केपी ओली अस्ताउँदो सूर्य भएको टिप्पणी गर्दै अब ओली युगको अन्त्य भएको दाबी समेत गरे । आफूहरुले ल्याएको गणतन्त्र, संघीयता, लोकतान्त्रिक तथा समावेशीकरण ओलीले समाप्त पार्न खोजेको आरोप नेपालले लगाए ।

कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार र हत्याको विषयलाई उठाउँदै नेपालले बलात्कारीलाई दण्डित गर्ने कुरा पार्टीमा बारम्बार उठाउँदा पनि सरकारले नसुनेको बताए ।

सुदूरपश्चिमका इन्चार्जसमेत रहेका स्थायी समिति सदस्य भीम रावलले ओलीलाई ‘केटो’ भन्दै भाषण गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal