आज :

खोप लगाउन सुरु दिनसम्म नेपालमा कोरोनाले २ हजार २० जनाको ज्यान लियो, २ लाख ७० बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप नेपालमा बुधबारबाट लगाउन सुरु गरिएको छ । पहिलो दिन १० हजार जनालाई खोप लगाइएको छ । भारतले अनुदानमा दिएको १० लाख खोप लगाउन सरकारले हिजोबाट सातवटै प्रदेशमा एकसाथ सुरु गरेको छ ।

पहिलो चरणमा अग्रमोर्चामा रहेर कोरोनासँग मुकाविला गरिरहेका स्वास्थ्यकर्मी, सफाइ, सुरक्षाकर्मीलाई लगाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दश लाख खोप ४ लाख ३० हजारलाई लगाउन पुग्ने अनुमान गरिएको छ ।

नेपालमा खोप लगाउने दिनसम्म कोरोनाले २ हजार २० जनाको ज्यान लिइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ३ जनाको ज्यान गएसँगै नेपलामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको हो ।

त्यसैगरी खोप लगाइरहेको दिनमा थप २८३ जना संक्रमित थपिएका छन् । योसँगै त संक्रमितको संख्या २् लाख ७० हजार ३७५ पुगेको छ । यसमध्ये २ लाख ६५ हजार ६९ जनाले कोरोनासँग जितेर सामान्य जीवनमा फर्किसकेका छन् । त्यस्तै, बुधबार थप २४८ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

अहिले नेपालमा कोरोनाका ३ हजार २८६ जना उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । उनीहरुमध्ये धेरै होम आइसोलेशनमा रहेका छन् भने बाँकी अस्पतालमा उपचार गरिरहेका छन् ।

यसैबीच  कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाबाट विश्वभर १० करोड नौ लाखभन्दा धेरै जना यो भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ७ करोड २९ लाखभन्दा धेरै मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

तर २१ लाख ६९ हजारभन्दा धेरैको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा दुई करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना संक्रमण भएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म चार लाख ३५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित दोस्रो देशमा भारत छ । त्यहाँ अहिलेसम्म एक करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाका कारण भारतमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस संक्रमण भएकोमा दुई लाख १८ हजारको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार १९ देशमा कोरोना संक्रमितको संख्या १० लाखभन्दा धेरै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal