आज :

पदभार ग्रहण गरेको एकहप्ता नबित्दै अमेरिकी राष्ट्रपति बाइडनलाई सीले दिए यस्तो चेतावनी, विश्वभर तरंग  

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपनि जो बाइडनलाई चीनको आन्तरिक मामला हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । डोनाल्ड ट्रम्प नेतृत्वको अघिल्लो अमेरिकी प्रशासनले चीनविरुद्ध सुरु गरेको अभियानलाई बाइडेनले पनि निरन्तरता दिन लागेको भन्दै सीले चीनको आन्तरिक मामला हस्तक्षेप गर्दा सम्बन्ध जटिल बन्ने चेतावनी समेत दिएका छन् ।

विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको बढ्दो प्रभावलाई रोक्न विश्व संगठनहरुलाई पुर्जीवित गर्ने योजना बनाएको भन्दै राष्ट्रपति सीले शीतयुद्ध नगर्न अमेरिका र उसका सहयोगी देशहरुलाई चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

त्यसैगरी कार्यक्रममा सम्बोधन गर्दै सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न एकताको आवश्यक रहेकाले शीतयुद्ध नगर्न भनेका छन् । शक्तिशाली मुलुकहरुबीच फाटो ल्याउन शीतयुद्ध गर्ने, एकअर्कालाई अस्वीकार गर्ने धम्की दिनेजस्ता गतिविधिले कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल नहुने बताउँदै राष्ट्रपति सीले अमेरिकाप्रति लक्षित गर्दै एक अर्का मुलुकको अपस्थित्व स्वीकार गर्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय समाजले दीर्घकालीन दृष्टिबाट प्रतिवद्धतालाई व्यवहारमा उतार्दै विकासोन्मुख मुलुकका लागि आवश्यक समर्थन दिनुपर्ने भन्दै राष्ट्रपति सीले विकासोन्मुख मुलुकको उचित विकास अधिकारलाई प्रत्याभूति दिनुका साथै हक अधिकार, अवसर र नियमहरुको निष्पक्षरुपमा पालना गर्नुपर्ने बताए । यस्तो कार्यबाट मुलुकका जनताले विकासको मौका र उपलब्धी संयुक्त रुपमा हासिले गर्ने राष्ट्रपति सीको सम्बोधनको क्रममा भनेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले पदभार ग्रहण गरेको एक हप्ता नबित्दै सीको यो चेतावनीले विश्वभर तरंग पैदा गरेको अन्तर्राष्ट्रिय समाचार संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal