आज :

श्रीमतिले बोलाएर दाङस्थित ससुराली घर गएका बझाङका लक्ष्मण बेपत्ता 

काठमाडौं । ससुराली गएका बझाङका एक जना युवक दाङबाट बेपत्ता भएका छन् । जयपृथ्वी नगरपालिका ४ गोलाईका २० बर्षिय लक्ष्मण विक माघ ४ गते दाङस्थित ससुरालीको घरबाट सम्पर्कविहिन भएको उनको परिवारले जनाएको छ ।

दाङ, तुल्सीपुर नगरपालिका वडा नं १८ मा रहेको ससुराली घर गएका उनि त्यहीबाट बेपत्ता भएका हुन् । विकले एकवर्ष अघि दाङकी गायत्री कुमालसँग विवाह गरेका थिए । विवाहको पाँच महिना जति बझाङ बसेर गायत्री माइती गएकी र त्यसपछि बझाङ फर्किन नमानेको वेपत्ता लक्ष्मणका बुवा हरी कामीले बताए ।

माघको पहिलो हप्तातिर काठमाडौंमा रहेका लक्ष्मणलाई गायत्रीले नै लिन आउन भनेर फोन गरेको तर उनि त्यहाँ जाँदा गायत्री उनी नभेटिएपछि फोनमा दुईजनाबीच भनाभन भएको बुझीएको उनले बताइएको छ ।

‘अब लिन आइजा भनेर बुहारीले नै फोन गरेर बोलाएकी हुन्, बुहारी घरमा नभेटेपछि दुईजनाको फोनमा भनाभन भयो । अनि लक्ष्मण फोन पनि त्यही छोडेर हिडेको हो भन्छन् । आजसम्म केही खवर छैन’

श्रीमति लिन गएर हराएका लक्ष्मणको खोजीको लागि दाङ प्रहरीमा उजुरी दिएको तर हालसम्म केही पत्ता नलागेको भन्दै परिवार चिन्तित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal