आज :

नेता बास्तोलाको गिरफ्तारीको विरोधमा माओवादी केन्द्रको गर्जन

कैलाली । विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) सहितका नेताहरुको ललितपुरबाट गिरफ्तारी गरिएको विषयमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले भत्र्सना र विरोध जनाएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै जननेता बास्तोलाको गिरफ्तारीको विरोध गरेका हुन । उनले राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरिएका सबै जननेताहरुलाई यथासिघ्र बिना सर्त रिहा गर्न सरकार समक्ष माग समेत गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष ढकालले प्रदेश पार्टीको तर्फबाट जारी गरेको विज्ञप्तीमा वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाले जनताको पक्षमा बोल्ने, काम गर्ने र जनन्यायीक व्यवस्थाको आवाज उठाउने राजनीतिक शक्तिमाथि दमन गरिरहेको बताइएको छ । उनले राज्यलाई सचेततापूर्वक शान्तिपूर्ण वातावरण बनाउन र राजनीतिक मुद्दालाई राजनीतिक ढंगले हल गर्ने संस्कार विकास गर्न आग्रह समेत गरेका छन ।

गिरफ्तार परेका नेता बास्तोलासँग जनयुद्धको प्रकृयामा आफ्नो लामो सहकार्य भएको आधारमा उनले उनलाई जनताको न्यायको लागि लड्ने नेताको रुपमा विश्वास गरेका छन । उनले भनेका छन–‘उहाँसँग जनयुद्धकालमा भएको सहकार्यका आधारमा पनि उहाँ देश र जनताको हितमा अगाडी बढिरहनुभएको विश्वास गर्न सकिन्छ ।’

उनले अहिले न्यायको लागि बोल्नेहरु जेलमा र अपराधीहरु खुलेयाम घुमिरहेको भन्दै विरोध गरेका छन । उनले भनेका छन–‘जनताको पक्षमा बोल्ने, संघर्षगर्नेहरुलाई जेलमा हाल्ने र जनविरोधी, राष्ट्रविरोधी, दलाल, तस्कर, बलात्कारी र अपराधीहरु खुलेयाम हिड्न पाउने अवस्थाले वर्तमान सरकार चरम फासिवादी बाटोमा हिड्न खोजेको संकेत गर्दछ, हामी सरकारलाई सचेततापूर्वक आग्रह गर्दछौं ।’

नेता बास्तोलाको गिरफ्तारीको विभिन्न राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी र संघ संगठनहरुले विरोध गर्दै रिहाइको माग गरेको भएपनि सरकारले भने त्यसबारे यथेष्ट जवाफ दिएको छैन । विप्लव नेकपा गिरफ्तारीको विरोधमा भोलि माघ ३ गतेदेखि १० गतेसम्मका विभिन्न विरोधका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal