आज :

नेकपाका सचिवालय सदस्य बाँस्तोला गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’ सहित तीन जनालाई प्रहरी गिरफ्तार गरेको छ । प्रहरीले बाँस्तोलालाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट गिरफ्तार गरेको हो ।

नेकपाका विदेश विभाग प्रमुख समेत रहेका बाँस्तोलासँगै विवेक कुमाल र विश्वासलाई पनि गिरफ्तार गरेको जनाइएको छ । कोरोना सङ्क्रमणको महामारीपछि आक्रामक कारबाही स्थगन गरेर जनसेवामा तल्लीन रहेको नेकपाका नेता तथा कार्यकर्तामाथि ओली सरकारले धरपकड जारी राखेको छ ।

पार्टीको राजनीति प्रशिक्षणको क्रममा सो क्षत्र पुगेका बाँस्तोलालाई विशेष ब्यूरोको टोलीले गिरफ्तार गरेको छ ।

यसअघि ओली सरकारले नेकपाका अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहित केन्द्रीय सदस्यहरू अनिल शर्मा विरही, भरत बम ‘रणवीर’, चूडामणि ओली ‘आदर्श’, ओमप्रकाश पुन, माइला लामालगायत सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा बन्दी बनाएको छ ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर बिनाकारण नेता–कार्यकर्ता गिरफ्तार गरी झूट्टा मुद्दा लगाएपछि त्यसको चौतर्फी आलोचना पनि हुँदै आएको छ । ओलीले संसद् विघटन गरेपछि नेकपाले दलाल पुँजीवादको पतन भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिकारी शक्तिहरूसँग रणनीतिक संयुक्त मोर्चा निर्माण अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal