आज :

राष्ट्रियसभाको अर्को बठक पुस २३ गते बस्ने

काठमाडौं । राष्ट्रियसभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक सातौं बैठक पुस २३ गते दिउँसो १ बजे बस्नेगरी गरी स्थगित भएको छ ।

बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेको पत्र र राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाएका थिए ।

शुक्रबारको बैठकमा राष्ट्रियसभाका सदस्य दीननाथ शर्मा, जितेन्द्र नारायण देव र प्रमिला कुमारीले सम्बोधन गरे । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो स‌ंशोधन) अध्यादेश राष्ट्रिय सभामा पेस भएको छ ।

प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले शुक्रबारको बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न अध्यादेश, २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ समेत पेश गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले बैठकमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’, ‘नेपाल प्रहरी र प्रदशे प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७’ पेश गरेका छन् ।

त्यसैगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य र पूर्वसदस्यको निधनप्रति शोध प्रस्ताव पारित गर्दै शुक्रबारको बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal