आज :

घिसिङद्वारा निर्देशित ‘ख्लासी अनिउ’ वर्षको विषेश चलचित्र पर्न सफल

काठमाडौं । निर्माता तथा निर्देशक अरुण घिसिङद्वारा निर्देशित तामाङ कथानक चलचित्र “ख्लासी अनिउ” (छोडी नजाउ) वर्षको विषेश चलचित्रमा पर्न सफल भएको छ । गत फागुन १७ गते राष्ट्रिय नाचघर जमल काठमाडौंमा विशेष प्रदर्शन भएको उक्त चलचित्रले “ डिहिरी छार्वा दिनि म्हेन्दो ¥हान्बा“ बोलको गीतमा उत्कृष्ट अभिनय तर्फ हिमालय अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२० बाट पनि अवार्डिट भैसकेको छ । चलचित्र प्रदर्शनको पूवार्धमै विश्व व्यापी कोभिड–१९ को महामारी झेल्नु परे तापनि ख्लासी अनिउले एकपछि अर्काे सफलताको शिखर चुम्ने क्रम जारी छ । यसै क्रममा १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड–२०७७ को उत्कृष्ट पाँचको मनोनयन हालै सार्वजनिक भएको छ ।

विगत बाह्र वर्षदेखि बक्स अफिस ईन्टरनेशनल ग्रुपले नियमित रुपमा आयोजना गर्दै आइरहेको १२औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको संस्करणमा आर्थिक वर्ष २०७५र७६ मा प्रदर्शनमा आएका व्यवसायिक रुपमा चलचित्र छक्का पन्जा ३ ले अवार्ड आयोजनाको जुरीको र आयोजक संस्थाको गरि कुल ४० विधा मध्ये २३ विधामा सर्वोत्कृष्टको दावी पेश गरेको छ । त्यसै गरी आर्थिक वर्ष २०७५र७६ मा प्रदर्शनमा आएको अर्को सफल चलचित्र मानिएको प्रसाद चलचित्रले छक्का पन्जालाई पछ्याउँदै आफुलाई १७ विधामा सर्वोत्कृष्ट दावी पेश गरेको छ । बक्स अफिसमा व्यवसायिक रुपमा अत्याधिक सफल मानिएको “ए मेरो हजुर ३“ ले आफुलाई १० विधामा सशक्त रुपमा प्रस्तुत गरेको छ भने बक्स अफिसमा राम्रै कारोबार गरेको अर्को चलचित्र “रामकहानी“ ले ९ विधाको दावी पेश गरेको छ । त्यसै गरी रामकाहानीलाई पछ्याउँदै व्यवसायिक रुपमा सन्तोषजनक व्यापार व्यवसाय गरेको यात्रा म्युजिकल लभले ६ विधा र राष्ट्रिय अन्तर्राष्ट्रिय विधामा समेत सकारात्मक छाप छोडेको बुलबुल चलचित्रले आफुलाई ५ विधामा दावेदारी पेश गरेको छ । आव २०७५ र ७६ मा सार्वजनिक कुल साना ठूला गरी १०३ चलचित्र सेन्सर पास गरी सार्वजनिक भएका छन् भने अधिकांश चलचित्रहरु यी चलचित्रको वरीपरी नराम्रोसँग पछारिएका छन् ।

नेपाली चलचित्रको सबैभन्दा पुरानो र धेरै विधामा नियमित रुपमा निरन्तर निष्पक्ष रुपमा आयोजना हुँदै आइरहेको नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को संस्करण यो वर्ष कोभिड–१९ का कारण सीमित आयोजनामै पर्यटन शहर पोखरामा अंग्रेजी वर्ष न्यु इयर ईभलाई लक्षित गरी पुस १६ गते साँझ सर्वोत्कृष्ट एकको विजेताको नाम सार्वजनिक गरिने आयोजक संस्थाका अध्यक्ष रामबहादुर सुवेदी आरकेले बताउनु भयो । विगत १२ वर्षदेखि सधैं आफ्नो नियमित संस्करण अन्तर्राष्ट्रिय बजारमा आयोजना गर्दै आएको १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको लागि नौ सदस्य जुरीले निकै लामो समय लगाएर कुल १०३ चलचित्र हेर्नुभएको हो ।

यसरी नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड–२०७७ को वर्षको विशेष चलचित्र पर्न सफल चलचित्र “ख्लासी अनिउ“को कार्यकारी निर्माता ईन्द्रिरा वाईबा रहेको चलचित्रको कलाकारहरुमा ईन्द्रिरा वाईबा, ऋतुराज पाख्रीन, प्रकाश वाईबा, कुईसाङ रुम्बा र बाबुराम ग्याबा तामाङ लगायतले अभिनय गरेका छन् । चलचित्र ख्लासी अनिउमा सह– निर्माताहरुमा ठुली दोङ घिसिङ, माया घिसिङ, रोज बहादुर घिसिङ, तेज बहादुर घिसिङ, जय बहादुर घिसिङ, सन्चमाया घिसिङ, सन्जिता घिसिङ, रन्जिता घिसिङ र विष्णुमाया घिसिङ रहेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal