आज :

शनिबार विहानै गौतम पुगे खुमलटार, प्रचण्ड र गौतमबीच एक घण्टा वार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतम शनिबार विहानै प्रचण्ड निवास खुमलटार पुगे । अध्यक्ष प्रचण्ड र गौतमबीच संसद विघटनपछिको अवस्थाबारे छलफल भएको छ ।

प्रचण्ड र गौतमबीच करिब एक घण्टा वार्ता भएको खुमलटार स्रोतले जानकारी दिएको छ । छलफलको क्रममा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेको बताइएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।

संसद विघटन प्रकरण पछि नेकपा विभाजित भएपनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतैपनि खुलेका छैनन् । दुबै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आएपनि उनले निर्णय लिइसकेका छैनन् ।

भेटवार्ताको क्रममा गौतमले आफू संसद विघटनविरुद्ध रहेको बताएका थिए । अन्तिम निर्णय केही दिनमै लिने गौतमले बताएको खुमलटार स्रोतले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal