आज :

नेकपाका युवा नेता पूर्ण सिंहसहित दुई जना रिहा

वुटवल । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता पूर्णबहादुर सिंह रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपाको पाल्पा इन्चार्ज समेत रहका सिंह र मगर मुक्ति मोर्चा नेपालका पाल्पा अध्यक्ष मिनबहादुर आले विहीबार रिहा भएका हुन् ।

उच्च अदालत बुटवलले सिंह र आलेलाई रिहा गर्न आदेश दिएको थियो । दुबै जनालाई प्रहरीले पटकपटक पक्राउ गरेपछि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो । उच्च अदालतका न्यायधीस अग्निप्रसाद थपलिया र हरिप्रसाद पौडेलको इजलासले सिंह र आलेलाई रिहा गर्न आदेश दिएको हो । बन्दीको तर्फबाट अधिवक्ता ज्ञानु केसीले बहस गरेकी थिइन् ।

नेता सिंह र आलेलाई मंसिर ४ गते बुटवलबाट प्रहरीले गि रफ्तार गरेको थियो । दुबै जनालाई प्रहरीले विस्फोटक-आगजनीको मुद्दा लगाएर नियन्त्रणमा राखेको थियो । पक्राउ परेसँगै उनीहरुलाई मंसिर ३० गते जिल्ला अदालत भैरहवामा उपस्थित गराइएको थियो ।

अदालतमा न्यायधीस कमलप्रसाद ज्ञवालीको आदेशमा साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो । तर प्रहरीले पुनः गि रफ्तार गरेर पाल्पा लगेको थियो । पाल्पा अदालतले पुस १ गते न्यायधीश खड्क केसीले साधारण तारिखमा रिहा गर्न आदेश दिएका थिए । फेरपनि प्रहरीले अदालतको आदेशको उलंघन गर्दै सिंह र आलेलाई पुनः पक्राउ गरी गुल्मी लगेको थियो । गुल्मीमा प्रहरीले सिंह र आलेलाई अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।

सिंह र आलेलाई गिरफ्तारी विरुद्ध नेकपा केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज भीमले तत्काल रिहाई नगरे दलाल राज्यसत्ता र त्यसको गृहप्रशासन विरुद्ध सम्झौताहिन संघर्ष गर्ने बताएका थिए । नेता सिंह र आलेको गिरफ्तार गैरन्यायिक भएको भन्दै देशभर सर्वत्र विरोध समेत भएको थियो ।

अखिल (क्रान्तिकारी)का पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेका सिंहका राजनीति र शिक्षासँग सम्बन्धित विभिन्न पुस्तकहरु समेत प्रकाशित हुनुका साथै विभिन्न पत्रपत्रिकाहरुमा राजनीतिक वैचारिक लेखहरु समेत निरन्तर प्रकाशित हुँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal