आज :

प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक जारी, अध्यक्षमा माधव कुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठक जारी छ । केन्द्रीय समिति बैठकअघि बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ । ओलीको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय पनि गरेको छ ।

पार्टीको विधानअनुसार प्रचण्ड नेपाल समूहमा अब दुई अध्यक्ष हुनेछन् । प्रचण्ड र नेपाल दुबै जनाले अध्यक्षता गर्ने एक नेताले बताए । त्यसैगरी उपाध्यक्षमा बामदेव गौतमलाई राखिएको छ भने महासचिव खाली छ । महासचिव विष्णु पौडेल ओली समूहबाट फिर्ता हुने अपेक्षासहित खाली राखिएको हो ।

प्रचण्ड नेपाल समूहले केन्द्रीय समिति बैठकमा ओलीलाई कारबाही गर्ने, अध्यक्ष नेपाललाई बनाउनेसहति ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ । त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने प्रस्ताव पनि बैठकमा गरिएको छ । प्रस्तुत एजेण्डामा छलफल भइरहेको छ ।

केन्द्रीय समिति सदस्यहरुले बोल्ने क्रम जारी छ । यो समूहको बैठक आज नसकिने देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal