आज :

आज ओलीले बोलाए भेला, प्रचण्ड-नेपाललाई कारवाही गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्रीले आज आफू निकट नेताहरुको भेला बोलाएका छन् । केन्द्रीय सदस्यभन्दा माथिका नेताहरु भेलामा सहभागी हुनेछन् । भेला अहिले (सोमबार) विहान बालुवाटारमा बोलाएका छन् ।

आइतबार अध्यादेश ल्याएर संसद विघटन गरेपछिको रणनीतिबारे छलफल गर्न ओलीले भेला बोलाएका हुन् । आइतबार दिनभर व्यस्त भएका कारण पार्टीको भेला आज बोलाइएको हो ।

ओली समूहको अनुपस्थितिमा (नेकपा)को स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । ओलीले स्थायी समिति बैठकलाई हेरेका थिए । अर्का अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपाल कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार कदम चाल्न उनीहरुको निर्णयलाई ओलीले पर्खिका थिए ।

स्थायी कमिटि बैठकले कारवाहीलाई अनुमोदनको लागि स्थायी कमिटीमा पठाउने निर्णय पनि गरेको छ । पुस १० गते बोलाइएको बैठक अगाडि सारेर भोलि बोलाइएको छ । भोलिको बैठक पार्टी कार्यालयमा बस्ने बताइएको छ ।

आइतबार विहान ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटन गर्ने सिफारिस गरेका थिए । मन्त्रीहरुको विरोधबीच ओलले संसद विघटन गरी ताजा जानादेशको लागि बैशाखमा चुनाव गर्ने सिफारिस गरेका थिए । त्यहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गर्दै नयाँ चुनावको मिति तोकेकी थिइन् । संविधानमा बहुमत प्राप्त दलको नेतालाई संसद विघटन गर्ने अधिकार नभएपनि ओलीको एकल सिफारिस गरेका थिए ।

संसद विघटनसँगै (नेकपा) फुटमा पुगेको थियो । ओलीको कदमलाई राष्ट्रघाती भन्दै त्यसको सडकबाट प्रतिवाद गर्ने स्थायी कमिटीले निर्णय गरेको थियो । आइतबार साँझ नै (नेकपा)ले नेपाली काँग्रेस र सजपाबीच ओलीको कदमविरुद्ध एक भएर संघर्ष गर्ने सहमति गरेका छन् । योसँगै (नेकपा) विभाजन भएको छ ।

आजको बैठकबाट ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई कारवाही गर्ने एक नेताले बताए । ओली निकट एक नेताका अनुसार ओलीले बोलाएको भेलामा पार्टीको सरकारविरुद्ध गएको र पार्टी नीतिविरुद्ध चलेको भन्दै कारवाहीको प्रस्ताव गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal