आज :

संवैधानिक निकायमा नियुक्तिः यी हुन् फिर्ता लिने भनेको अध्यादेशको आधारमा नियुक्ति पाएकाहरु

काठमाडौं । विवादित अध्यादेशको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको खुसाला भएको छ । पार्टीभित्रैबाट र बाहिर चर्को विरोध भएपछि फिर्ता गर्ने भनिएको अध्यादेशको आधारमा सिफारिसमा परेकाहरुको नाम संसद विघटन भएसँगै सार्वजनिक भएको छ ।

संवैधानिक नियुक्तिमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधान न्यायाधीश चोलेन्द्र समशेरजबरा समेतको सिफारिसमा प्रधानमन्त्रीले संबैधानिक परिषद बैठकमा तीन जनाको उपस्थितिबाट नियुक्तिमा परेकाहरुको नाम संसद सचिवालयमा पुगेको छ । संसद विघटन भएकै दिन नाम पुगेपछि ओलीले अध्यादेश फिर्ता लिन्छ भनेर पार्टी स्थायी समितिमा भनेको कुरा झुटो भएको पुष्टि भएको छ ।

विवादित अध्यादेशको आधारमा मंसिर २८ गते गरेको सिफारिस यस्तो छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगः 

प्रेमकुमार राई (प्रमुख आयक्त), जयबहादुर चन्द (आयुक्त), किशोरकुमार सिलवाल (आयुक्त) रहेका छन् । चन्द देउवाको सिफारिसमा सदस्यमा नियक्त भएका हुन् ।

निर्वाचन आयोगः 

वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त), डाक्टर जानकी तुलाधर (आयुक्त) रहेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग
तपबहादुर मगर (अध्यक्ष), मनोज दवाडी (सदस्य), डा.सूर्य ढुङ्गेल (सदस्य), लिली बस्नेत थापा (सदस्य) र मिन ठाकुर (सदस्य) रहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

कमलाकुमारी पराजुली (अध्यक्ष), जुद्ध गुरुङ (सदस्य), अमरराज मिश्र (सदस्य),महिला आयोग, कृष्णकुमारी पौडेल खतिवडा (सदस्य) र विद्याकुमारी सुनार (सदस्य)

दलित आयोग
देवराज बिक (अध्यक्ष), मिना शोब (सदस्य), परशुराम रम्तेल (सदस्य), कुञ्ज बराइली (सदस्य) र मेहेने पार्थी (सदस्य)

समावेशी आयोग

मानप्रसाद खत्री (अध्यक्ष), रामकृष्ण तिमिल्सिना (सदस्य) र हरिदत्त जोशी (सदस्य)

आदिवासी जनजाति आयोग
रामबहादुर थापा (अध्यक्ष),मिनश्रीस मगर (सदस्य), मिनचुङ लामा (सदस्य), रिमा राना (सदस्य) र शरण राई (सदस्य)

मधेशी आयोग

जीवत्व साह (सदस्य), रेणुदेवी साह (सदस्य) र विजय गुप्ता (सदस्य)

थारु आयोग

विकास चौधरी (सदस्य), बबिता चौधरी(सदस्य), सुबोध सिंह (सदस्य) र भोलाराम चौधरी (सदस्य)

मुस्लिम आयोग

मोहम्मदिन अलि (सदस्य) र मिर्जा अरसद बेग (सदस्य)

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal