आज :

संसद विघटनविरुद्ध सडकमा आगो बल्न सुरु, काठमाडौंसहित देशभर प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा सडकमा आगो बल्न सुरु भएको छ । प्रधामन्त्री केपी शर्मा ओलीकाे सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको गरेको संसद विघटनलाई असंवैधानिक र कु भएको भन्दै काठमाडौंसहित देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् ।

काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको (नेकपा) का नेता कार्यकर्ताहरुको विरोध र्याली वानेश्वार पुगेको छ । त्यस्तै, नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले पनि ओलीको कदम असंवैधानिक भएको भन्दै विरोध प्रदर्शनमा उत्रेका छन् ।

काँग्रेससहितका पार्टीका कार्यकर्ताहरुले बाराकाे कलैयामा टायर बालेर प्रदर्शन गरेका छन् । नेकपा, कांग्रेसलगायत जनता समाजवादी पार्टीसम्बद्ध युवाहरूले उक्त कदम असंवैधानिक भएकाे भन्दै विरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीकाे कदमप्रति देशभर सर्वत्र विराेध भइरहेकाे छ । लाेकतान्त्रिक व्यवस्था नै धरापमा पार्ने प्रधानमन्त्रीकाे संसद् विघटनको विरोध गरेका छन् । प्रदर्शन राेक्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएकाे छ ।

त्यसैगरी संसद् विघटन गर्ने निर्णयको विरुद्धमा हेटौंडामा विरोध प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले हेटौंडामा विरोध प्रदर्शन गरेको हो । कांग्रेस कार्यालयबाट सुरु भएका विरोध र्‍याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री प्रभातकुमार दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गलत कदम चालेकोभन्दै तत्काल संसद विघटन गर्ने प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

नेपाल विद्यार्थी संघ मकवानपुर अध्यक्ष राजु खतिवडाले संसद् विघटन गरेर वर्तमान सरकार ‘कू’ को बाटोतर्फ अग्रसर भएको भन्दै यो गलत कदमको विरुद्ध सबैलाई लाग्न आग्रह गरे ।

संविधानविदहरुले ओलीको कदमलाई कू संज्ञा दिँदै सर्वोच्च अदालतले जाने बताएका छन् । उनिहरुले संसद विघटनको अधिकारी प्रधानमन्त्रीलाई नदिएको बताउँदै यो संविधानमाथिकै हस्तक्षेप भएको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal