आज :

प्रचण्डले प्रस्ताव फिर्ता लिएमात्रै अध्यादेश फिर्ता गर्ने ओलीको अडान, (नेकपा) भित्र फेरि रडाको

काठमाडौं । विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने अनुमान गरिएको थियो । तर मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव के छलफल नै भएन ।

एक मन्त्रीका अनुसार अध्यादेशबारे मौन रहँदै विहीबारको नियमित मन्त्रिपरिषद् बैठक सकिएको हो । साँझ ६ बजे बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा नियमित एजेण्डा मात्रै भएको बताइएको छ ।

अध्यादेश फिर्ता लिने भएको सहमति विपरित प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले विहीबार दिउँसो फेरि बैठक बोलाए । सभामुखलाई जानकारी नै नदिएर परिषद् बैठक बोलाएको जानकारी पाएपछि (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगे । भेटमा प्रचण्डले अध्यादेश फिर्ता नलिएरै संवैधानिक परिषद् बोलाए आफूहरुपनि विशेष अधिवेशनको लागि तयार भएको समावेदन राष्ट्रपति कार्यालयमा पुनः दर्ता गर्ने चेतावनी दिएका थिए ।

प्रचण्डको चेतावनीपछि ओली विहीबार बोलाएको संवैधानिक परिषद् बैठक स्थगित गर्न तयार भएका थिए । प्रचण्डले मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ता लिने सुझाव दिएर बालुवाटारबाट बाहिरिएका थिए ।

साँझ बसेको मन्त्रिपरिषद् बैठक अध्यादेशबारे कुनै छलफल नगरी सकिएपछि मन्त्रीहरुले फेरि रडाको मच्चिने आशंका व्यक्त गरेका छन् । ‘प्रधानमन्त्रीलेज्यू अध्यादेश फिर्ता गर्ने विषयमा छलफल गर्न समेत चाहिराख्नुभएको छैन, फेरि रडाको मच्चिने सम्भावना बढेको छ’ एक मन्त्रीले भने । हुन त मन्त्रिपरिषदमा छलफल नगरी नै अध्यादेश ल्याइएको थियो ।

संवैधानिक परिषद बैठकमा सभामुख अनुपस्थित भएलगत्तै प्रधानमन्त्रीले अध्यादेश ल्याएर दुई जना सदस्य भएपनि गणपुरक संख्या मान्ने प्रावधान थपेका थिए । उक्त अध्यादेशको (नेकपा) भित्र र बाहिर चर्को विरोधलाई प्रधानमन्त्रीले ओलीले कुनै वास्ता गरेका थिएनन् । जब ८३ जना पार्टीकै सांसद विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पुगे त्यसपछि पनि ओली ब्याक हटेका थिए । दोस्रो तहका नेतााहरुको समन्वयमा अध्यादेश र समावेदन फिर्ता लिने सहमित भएको थियो । सोहीअनुसार बुधबारको स्थायी समिति बैठकलाई जानकारी गराइएको थियो ।

सुरुमा बैठकमा पेश भएको प्रचण्डको प्रस्ताव फिर्ता लिन अडान राखेको ओली अन्ततः अध्यादेश फिर्ता तयार भएका थिए । ओली निकट एक नेताले प्रचण्डले प्रस्ताव फिर्ता लिएपछि मात्रै अध्यादेश फिर्ता हुने बताए । ‘अब प्रचण्ड कमरेडले सचिवालयमा पेश गरेको आरोपपत्र फिर्ता गरे मात्रै अध्यादेश फिर्ता हुनेछ’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal