आज :

‘प्रभु बैंक डिबेञ्चर–२०८७’ का लागि निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

काठमाडौँ । प्रभु बैंक लि.ले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि श्री मेगा क्यापिटल मार्केट्स लि.लाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्रफबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्तझाले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक लि. ले वार्षिक ८.५प्रतिशतका दरले प्रत्येक तीनतीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामकरणपत्र (Debenture) प्रभु बैंक डिबेञ्चर–२०८७ का लागि निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त
सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र  (Debenture) व्यक्तिगत तबर (Private Placement) बाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र (Debenture)  ‍‍‍‍‍‍‍सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काश नहुन लागेको रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनिमेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्तगर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्रबोर्डबाट आवश्यक स्वीकृति प्राप्तभएपश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal