आज :

कोरोनाबाट मोरङमा थप तीन जनाको निधन 

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण मोरङमा तीन जना वृद्ध पुरुषको ज्यान गएको छ । उपचारको क्रममा दुईजना जिल्ला बाहिरका र एक जना होम आइसोलेसनमा बसेका पुरुषको निधन भएको हो ।

उपचारको क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान निधन भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार अस्पताल ल्याइएको थियो।

आइसोलेसनमा राखेर उपचार थालिए पनि संक्रमित वृद्ध पुरुषको उपचारका क्रममा बिहान ५ बजेतिर निधन भएको अस्पतालले जनाएको छ । त्यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार राति निधन भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो।

त्यसैगरी कोरोना संक्रमण पुष्टिपछि होम आइसोलेसनमा बसेका मोरङ उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको बुधबार राति निधन भएको छ। दमको समस्या बढेपछि उनलाई उपचारका लागि विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते ल्याइएको थियो।

पीसीआर परीक्षण गराउँदा २२ गते रिपोर्ट पोजिटिभ आएपछि परिवारका सदस्यले घरमै राख्नलाई लिएर गएको अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा राख्न भन्दै परिवारका सदस्य र आफन्तले लिएर गएका वृद्धको राति ९ बजेतिर ज्यान गएको उर्लाबारी नगरपालिकाले जनाएको छ।

त्यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोटमा कोरोना संक्रमणबाट एक जना महिलाको निधन भएको छ । हुप्सेकोट गाउँपालिका–४ शंखदेवकी ७५ वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त ती महिलालाई मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारका क्रममा मंसिर १६ गते कोरोना पुष्टि भएको थियो । सापकोटाका अनुसार उनलाई केही दिनअघि मात्र अस्पतालबाट ल्याइएकोमा घरमै मृत्यु भएको हो । हुप्सेकोटमा कोरोना संक्रमणका कारणले मृत्यु भएको यो पहिलो घटना हो ।

पूर्वी नवलपरासीमा बिहीबारसम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९ पुगेको छ । जिल्लामा २ हजार २ सय जना कोरोना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal