आज :

ओली एक कदम पछि हटे, दुबै प्रस्ताव स्थायी समिति लिने निर्णय 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले दुबै प्रस्तावलाई स्थायी समितिमा लैजाने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि दुबै अध्यक्षले पेश गरेका प्रस्ताव स्थायी समितिमा लैजाने निर्णय गरेको हो ।

त्यसैगरी स्थायी समिति बैठक आइतबार बोलाइएको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठक बोलाइएको जानकारी दिए । उनले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्तावमाथि छलफल गरेर निष्कर्षक निकाल्ने समेत बताए ।

भोलि पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने श्रेष्ठले बताए । पार्टीमा देखा परेको समस्या समाधान र दुबै प्रस्तावमाथि छलफल गर्न अध्यक्ष ओली तयार भएका छन् । भोलिको बैठकमा ओली र प्रचण्डले दुबैले आ-आफ्ना प्रस्ताव पेश गर्नेछन् ।

अध्यक्ष प्रचण्डले ओली प्रवृति किटान गरेर गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्ताव पेश गरेका थिए । त्यसलाई अस्वीकार ओलीले मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएका थिए ।

प्रचण्डको प्रस्तावलाई आरोपपत्र भन्दै छलफल हुन नसक्ने अडान लिएका ओली अन्ततः बैठकमा छलफल गर्न तयार भएका छन् । यसलाई ओली एक कदम पछि हटेको रुपमा (नेकपा)का नेताहरुले लिएका छन्  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal