आज :

कोरोनाबाट १५२९ को ज्यान गयो, देशभर १६ हजार ६३३ सक्रिय संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको संख्या १५ सय २९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हनार ३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको मन्त्रालय जानकारी दिएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । मंगलबार थपसहित नेपाल कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

मंगलबार थप २ हजार ७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्ला दुई दिन लगातर कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । १८ हजार नजिक पुगेका सक्रिय संक्रमित १६ हजार ६३३ रहेका छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा संक्रमित थपिएका छन् । उपत्यकामा थपिएका ५३० जनामध्ये ४०९ जना काठमाडौंका छन् ।  त्यस्तै उपत्यकाका अन्य दुई जिल्ला ललितपुरमा ८५ जना र भक्तपुरमा ३६ जना थपिएका छन् ।

त्यसैगरी कास्कीमा १०० जना, झापामा ६८, मोरङमा ६२, सुनसरीमा ५२, रुपन्देहीमा ४५, काभ्रेमा ४०, बाँकेमा ३०, मकवानपुरमा २९, चितवनमा २२, बर्दिया र अछाममा १९/१९ जना, बैतडीका १८, नवलपुरका १५,धनुषा, पाल्पा र कञ्चनपुरका १४/१४ जना, बाग्लुुङका १३, डडेलधुराका १२, इलाम, सिन्धुपाल्चोक, स्याङ्जा र कैलालीका ११/११ जनामा कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै तनहुँ र बझाङमा १०/१० जना, सप्तरी, कपिलवस्तु र गुल्मीमा ९/९ जना,धादिङ र अर्घाखाँचीमा ८/८ जना, नवलपरासी र बाजुरामा ६/६ जना, सिराहामा ५, ओखलढुंगा, बारा, सर्लाही, रामेछाप, लमजुङ, दाङ र प्युठानमा ४/४ जना, पर्सा, महोत्तरी, रौतहट र गोरखामा ३/३ जना, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, दोलखा, सिन्धुली र मुस्ताङमा २/२ जना तथा पाँचथर, नुवाकोट, पर्वत, म्याग्दी, रोल्पा, डोटी र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal