काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार बढीले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ५ हजार ३६४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।
मन्त्रालयका अनुसार १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ७४० जना महिला र १२ सय ५ जना पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।
शुक्रबार देशभर २४ हजार ६६५ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।