News Portal

  • सुआहारा कार्यक्रमको सराहनिय कार्य, महिला स्वास्थ्य स्वयंसेवीकालाई माक्स र सानिटाइजर सहयाेग

    कमलेश चन्द्र गुप्ता
    २६७ पटक

    कपिलवस्तु । कालिका स्वावलम्बन सामाजिक केन्द्र/ सुआहारा दोस्रो कार्यक्रमले कृष्णनगर नगरपालिकाका ११४ महिला स्वास्थ्य स्वयंसेवीकालाई माक्स र सानिटाइजर सहयोग गरेको छ। भिटामिन ‘ए’ कार्यक्रमलाई लक्षित गरी माक्स र सानिटाइजर कृष्णनगर नगरपालिका स्वास्थ्य शाखामार्फ़त सहयोग गरेको हो ।

    यही मंसिर ११ र १२ गते राष्ट्रीय भिटामिन ‘ए’, जुकाको औषधि र वालभिटा वितरण कार्यक्रमलाई सफल पार्न माक्स र सानिटाइजर नगरपालिकाका स्वास्थ्य शाखाका नविनप्रसाद डाँगीलाई हस्तान्त्रण गरिएको हो ।

    सुआहारा कार्यक्रमका पालिका पोषण सहजकर्ता पृथीपाल तेलीले डाँगीलाई हस्तान्त्रण गरेका हुन् । सो हस्तन्तरण कार्यक्रममा कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्