आज :

अमेरिकामा कोरोनाभन्दा मुटु रोग डरलाग्दोः कोरोनाबाट २ लाख ५० हजार, मुटु रोगबाट ६ लाख ७० हजारको ज्यान गयो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसभन्दा अन्य रोगका कारण मृत्युदर बढिरहेको एक तथ्यांकले देखाएको छ । अमेरिकामा मुटुरोग, मानसिक रोग, सवारी दुर्घटनाबाट वर्षेनी हजारौं मानिसको ज्यान जाने गरेको छ ।

सबैभन्दा धेरै मुटुरोगका कारण अमेरिकीको ज्यान जाने गरेको छ । एक वर्षमा करिब ७ लाख मानिसको ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । त्यस्तै, आघात र क्यान्सरबाट पनि हजारौंको ज्यान जाने गरेको छ ।

सिएनएनका अनुसार अमेरिकामा एक वर्षमा ६ लाख ७० हजारभन्दा बढीको ज्यान जाने गरेको छ । दैनिक २ हजार ३५३ जनाको निधन हुने गरेको छ । यसको तुलनामा कोरोना संक्रमणबाट कमको ज्यान गएको छ ।

अमेरिकामा मानिसको ज्यान जाने दोस्रो ठूलो कारण क्यान्सर रोग हो । क्यान्सरबाट एक वर्षमा ६ लाख १२ हजार मानिसले ज्यान गुमाइरहेका छन् । यसको मुटुरोग र क्यान्सरभन्दा कोरोनाले कम मानवीय क्षति पुर्याएको देखिएको छ ।

त्यसैगरी मानिएको स्ट्रोक (आघात) बाट करिब १ लाख ४२ हजार व्यक्तिको ज्यान गएको छ । त्यस्तै, एक वर्षमा कार दुर्घटनामा परेर २४ हजारको ज्यान जाने गरेको छ भने मौसमी रुघाखोकीबाट ४२ हजारको निधन भइरहेको छ ।  त्यस्तै आत्मह.त्याबाट एक वर्षमा ४५ हजार भन्दा बढीको ज्यान जाने गरेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ भने संक्रमितको संख्या एक करोड १५ लाख नाघेको छ । चुनावपछि अमेरिकामा कोरोना संक्रमण दर वृद्धि भएको छ । संक्रमण फैलिन थालेपछि न्यूयोर्कले बिहीबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेका अमेरिकामा पहिलो नम्बरमै छ । अहिलेसम्म विश्वमा कोभिड–१९ बाट १३ लाख ४६ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ भने पाँच करोड ६१ लाख ८ हजार बढी संक्रमित भइसकेका छन्  ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal