आज :

ओली एक कदम पछि, सचिवालय बैठकमा पनि सहभागी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बैठक सुरु भएको छ ।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल हुन नसक्ने र त्यस्तो छलफलमा आफू सहभागी नहुने आफ्नो अडानबाट ओली पछि हटेका छन् । मंगलबार प्रस्ताव फिर्ता लिन वा बैठक सार्न प्रस्ताव ओलीले गरेका थिए । तर, प्रचण्डले अस्वीकार गरेपछि ओली अन्ततः बैठकमा सहभागी हुन भएका छन् ।

ओलीले बैठक स्थगित गर्न बुधबार विहानसम्म पनि कसरत गरेका थिए । समय जुधाएर बोलाएको मन्त्रिपरिषद् बैठक १ घण्टा पछि सारेर एकाएक ओली बैठकमा सहभागी हुने निर्णय पुगेका थिए । यसलाई ओली एक कदम पछि हटेको अर्थमा लिइएको छ ।

आजको बैठक स्थगित गर्ने तयारी भइरहेको छ । (नेकपा) स्रोतका अनुसार बैठक एक हप्तासम्मको लागि स्थगित गर्न लागिएको हो । बैठक स्थगित गर्ने र प्रस्तावमाथि छलफल नहुने प्रचण्ड र नेता माधव कुमार नेपाल समूहले संकेत गरेपछि ओली बैठकमा सहभागी भएको बताइएको छ ।

(नेकपा)को विवाद फुट नजिक पुगेपछि ओली र प्रचण्डलाई मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छन् । भण्डारीले हिजो साँझ प्रचण्डलाई बोलाएर छलफल गरेकी थिइन् भने बुधबार विहान प्रधानमन्त्री ओलीलाई बोलाएर छलफल गरेकी छन् । भण्डारीले दुबै नेतालाई मिलेर जान सुझाव दिएको बताइएको छ ।

त्यसैगरी चिनियाँ राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री ओलीलाई भेटेर छलफल गरेकी थिइन् भने प्रचण्डलाई आजै भेट्ने बताइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal