आज :

ट्रम्पले घोषणा गरे आफ्नो जित, जनवरी २० गते नयाँ सरकार घोषणा गर्ने बाइडनको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । ट्रम्पले आफ्नो आधिकारिक ट्विटर एकाउन्टबाट जितको घोषणा गरेका हुन् ।

चुनावको मत गणना सकिएको छ, परिणामले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनको जित भएको छ । तर ट्रम्पले हार स्वीकार गर्नुको साटो जित घोषणा गरेका छन् । ट्रम्पले चुनावमा धाँधलिी भएको भन्दै आफूले जितेको बताउँदै आएका छन् ।

ट्रम्पले पहिला बाइडनले जिते भन्ने अर्थ लाग्ने खाले ट्वीट गरेलगत्तै फेरि अर्को ट्वीट गरेर आफ्नो जितको घोषणा गरेका थिए । योसँगै अमेरिकामा चुनाव जितेका जो बाइडनको जितमाथि चुनौती थपिएको छ ।

चुनावमा धाँधली भएको भन्दै अदालतमा पेश गरिएको मुद्दा अदालतदले खारेज गरिदिएको थियो । तर पनि ट्रम्प अदालत जाने बताइरहेका छन् । ट्रम्पको टिमको तर्फबाट केही महत्त्वपूर्ण राज्यमा मुद्दा दायर गरिएको छ तर आफ्नो दाबी सिद्ध गर्नको लागि कुनै प्रमाण पेस गरिएको छैन । अहिलेसम्म दायर गरिएका सबै मुद्दा असफल भएका छन् ।

चुनाव अधिकारीहरुले गएको शुक्रबार यो चुनाव अमेरिकी इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भएको बताएका थिए । उनीहरुले ‘चुनावी प्रक्रियामा मत मेट्ने, हराउने र परिवर्तन कोसिस भएको प्रमाण नभेटिएको बताएका छन् ।

चुनावमा २७० मत पाउँदा जित हुन्छ तर बाइडनले ३०६ इलेक्टोरल कलेज मत जितेको छ । यस्तो अवस्थामा मतको गणना फेरि गरिए वा कुनै कानुनी चुनौती आए पनि चुनावको मूल नतिजामा परिवर्तनको सम्भावना देखिँदैन । लोकप्रिय मतमा पनि बाइडेन ५० लाखभन्दा धेरै मतले अघि छन् । यति हुँदा पनि ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् ।

राष्ट्रपति ट्रम्पले हार स्वीकार नगर्दा नयाँ सरकार गठनसँग जोडिएको समान्य हस्तान्तरण प्रक्रिया रोकिएको छ । तर आउँदो २० जनवरीमा नयाँ सरकारको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । यो प्रक्रिया सम्हाल्ने संस्था जनरल सर्भिस एडमिनिस्ट्रेशनले अहिलेसम्म जो बाइडेन र उनका सहकर्मी कमला ह्यारिसलाई विजेताको रुपमा स्वीकार गरेको छैन ।

बाइडेनको टिमलाई वर्गीकृत सुरक्षा ब्रिफिङ, सङ्घीय एजेन्सी र कोष आदि उपलब्ध गराइएको छैन, यी सब कुरा सत्ताको सहज हस्तान्तरणका लागि आवश्यक छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal