आज :

नेपालमा १ लाख ७१ हजार जनाले कोरोना जितेर घर फर्किए

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या संक्रमित भन्दा बढ्दै गएको छ । एक हप्ता पहिले संक्रमितभन्दा निको हुने दर बढी थियो । यो हप्तामा फेरि संक्रमितको दर बढ्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार संक्रमित भन्दा निको हुने बढेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार २ हजार ५०३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । शनिबार संक्रमित संख्या १ हजार ९४६ थियो । शनिबारसम्म नेपालमा कोरोना भाइरसमुक्म भएर १ लाख ७० हजार ६३२ पुगेको थियो । त्यो संख्या आइतबार विहानसम्म आउँदा बढेर ७१ लाख बढी पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुष संक्रमित थपिएका थिए ।

शनिबार थप संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । त्यस्तै थप २ हजार ५०३ जना कोरोना निको भएर घर फर्किएका छन् ।

त्यसैगरी शनिबार थप १३ जनाको कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । कोरोनाबाट १ हजार २१५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शनिार देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित थिए भने १ हजार ५७ जना क्वारेन्टिमा रहेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal