आज :

आजबाट नेपाल सम्बत् ११४१ सुरु, घरबाटै शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं । नेवारले समुदायले सिमित कार्यक्रम गरी नयाँ वर्ष मनाउने भएका छन् । आजबाट नेपाल सम्वत् ११४१ सुरु भएको छ । काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण विगतजस्ता सार्वजनिक कार्यक्रम नहुने भएका छन् । भएपनि सिमितको उपस्थिति रहेन भएको छ ।

विशेष गरी घरबाट शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउने तयारी नेवार समुदायको छ । कतिपय गर्ने कार्यक्रममा सुरक्षा सतर्कता अपनाइने भएको छ ।

यसैबीच प्रधानमन्त्री र विभिन्न राजनीतिक दलले नेपाल सम्वत् ११४१ को अबसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री आज विहानै शुभकामना सन्देश जारी गरेर एकतामार्फत् नै हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए ।

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वानसमेत गरेका छन् ।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै प्रधानमन्त्री ओलीले विविधतायुक्त मौलिक परम्परा सिङ्गो राष्ट्रका साझा पुँजीका रूपमा अङ्कित रहेको बताए ।

”एकताको यस राष्ट्रिय पुँजीलाई हामीले देश निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौँ’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरूलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौँ” ओलीको शुभकामना सन्देशमा भनिएको छ ।

शङ्खधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणलाई ऋणबाट मुक्त बनाइ स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्वतका रूपमा मनाइँदै आइएको छ । नेपाल सम्वतकाे यस अवसरमा काठमाण्डौ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्तका प्रवर्तक शङ्खधर साख्वाःको विशेष स्मरण गरिएको छ ।

नेपाल सम्वतको अबसरमा विगतमा काठमाडौं बसन्तपुरलगायतका स्थानमा भव्य कार्यक्रमको आयोजना गर्नुको साथै नेवार समुदायले परम्परागत रुपमा मनाइँदै आएका कार्यक्रम गरी नयाँ वर्ष मनाउँदै आएको थियो । तर यसवर्ष रथतान्ने लगायतका कार्यक्रममा पनि सिमित सहभागिता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal