आज :

गोपाल किराँतीको अराजनीतिक कदमः सल्लाहकार भएपछि अध्यक्षको हैसियतमा पार्टी विघटन

काठमाडौँ । माओवादी नेता गोपाल किराँतीले अराजनीतिक कदम उठाएका छन् । सल्लाहकारमा रहेका नेता किराँतीले अध्यक्षको हैसियतामा विज्ञप्ति जारी गरेर पार्टी विघटन गरेका छन् । किराँतीले असोज २४ गते अध्यक्षबाट राजिनामा दिएको र असोज २५ र २६ गते बसेको पोलिटब्यूरोको बैठकले किराँतीको राजिनामा स्वीकृत गर्दै केन्द्रीय सल्लाहकार समिति राख्ने निर्णय गरेको थियो । सोही बैठकले तिलक थापामगरलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत दिएको थियो ।

तत्कालिन अध्यक्ष किराँतीले विपश्यानालाई माक्र्सवादको चौंथो संघटक अंग मान्नुपर्ने पार्टीमा प्रस्ताव गरेका थिए । माक्र्सवादको आधारभूत सिद्धान्त वर्ग संघर्ष, बल प्रयोगको विपरित भएको भन्दै सतप्रतिशत नेता कार्यकर्तालाई अस्वीकार गरेका थिए । किराँतीको प्रस्ताव धार्मिक विचार भएकोले पोलिटब्यूरो बैठकले खारेज गरेको महासचिव कर्णजीत बुढाथोकी ‘शुसील’ बताउँछन् ।

किराँतीको राजिनामा पछि नयाँ अध्यक्ष चयन र उत्पन्न परिस्थतिबारे निर्णय किराँतीसँग सल्लाह गरेरै मंसिर ८ गते पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको महासचिव शुसिलले बताए । उक्त बैठकको तयारी भइरहेको बेला नै किराँतीले पार्टीको नाममा विज्ञप्ति निकारेर विघटन गर्नु अराजनैतिक र अनैतिक कार्य भएको शुसिलले बताउँछन् ।

“उहाँले पार्टीमा धार्मिक विचारलाई घुसाउन खोज्नुभयो । हामीले त्यसको विरोध गर्यौं तर उहाँले किताव नै लेख्नुभयो । विपश्यनालाई चौथो संघटक अंक बनाउने प्रस्ताव माक्र्सवादविरुद्धमा थियो । त्यसलाई पार्टीले अस्वीकृत गर्यो, त्यसपछि उहाँल्े राजिनामा दिनुभयो । पोलिटब्यूरो बैठकले राजिनामा स्वीकृत गर्दै सल्लाहकार समितिमा राख्ने निर्णय गरेको थियो तर अहिले एक्कासी पार्टी विघटनको विज्ञप्ति जारी गर्नुभयो, यसले उहाँको चरित्र उदांगो पारेको छ । यसलाई पार्टीले खारेज गरिसकेको छ” महासचिव शुसिलले अनलाइन डबलीसँग भने । उनले मंसिर ८ गते बोलाइएको केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकले अध्यक्ष चयनलगायतका निर्णय गर्ने समेत बताए ।

किराँतीले सोमबार विना छाप जारी गरेको विज्ञप्तिमा माओवादी आन्दोलनको विचार, भावना र ऐतिहासिक विरासतको निरन्तरता दिँदै महान् जनविद्रोहको रणनीतिमा केन्द्रित हुन् नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरिएको जनाएका छन् ।

किराँतीले पार्टीका केन्द्रीय समिति, राजनीतिक परिषद्, पदाधिकारी एवं प्रदेश समितिहरु र जिल्ला समितिहरु भंग गरेका छन् । उनले संगठित सदस्यहरु पार्टी अभियान सदस्यमा रुपान्तरिक भएको र आगामी मंसिर ८ गते गर्ने भनिएको केन्द्रीय समितिको बैठक स्वतः रद्ध भएको जानकारी समेत गरेका थिए । उनले आफूलाई पार्टी पुनर्निर्माण अभियानको अध्यक्ष समेत बनाएका छन् ।

किराँतीको उक्त निर्णलाई खारेज गर्दै कावाध्यक्षसहित पार्टीका सम्पूर्ण निकायले संक्रिय रहेको महासचिव शुसिल बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal