आज :

बाइडनको जितमा भन्दा ट्रम्पको हारमा अमेरिकामा खुशीयाली

काठमाडौं । डोनल्ड ट्रम्प राष्ट्रपतिको पहिलो कार्यकालबाटै आउट भएका छन् । पुनः ह्वाइट हाउसमै बस्ने सपना जो बाइडनले पूरा हुन दिएनन् । मतपरिणामले डेमोक्रेयट उम्मेदवार जो बाइडन अत्यधिक मतसहित ४६औँ राष्ट्रपति बन्न सफल भएका छन् ।

यतिबेला अमेरिकासहित विश्वभर खुशीयाली छ । यो खुशीयाली बाइडनले जितेको होइन, ट्रम्पको हारमा । ट्रम्पको अहंकार, जातीय अतिवाद, मुस्लिम राष्ट्रपति गरिएको व्यवहारले हैरानी भएकाहरु खुशीयाली मनाइरहेका छन् । अमेरिकामा मुस्लिम, महिला, आप्रवासी तथा अल्पसंख्यक समुदायका अधिकांश युवाहरुले बाइडेनले जितेकोमा भन्दा पनि ट्रम्पले हारेकोमा खुसियाली मनाइरहेका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार प्रतिष्ठित मिडिया सिएनएनका चर्चित होस्ट भान जोन्स त चुनावी परीणामबारे विश्लेषण गर्दागर्दै लाइभ प्रशारणमै रोए । जोन्सले बाइडेनको जितसँगै आफू रोएको भिडियो क्लिप ट्वीटरमा शेयर गर्दै लेखे, ‘यस बिहान अभिभावक बन्न सजिलो छ, बच्चाहरुलाई चरित्रबारे भन्न सजिलो छ ।’

टिभीको लाइभ शोमा उनले भनेका थिए, ‘यो थुप्रै पीडामा गुज्रिरहेका मानिसहरुका लागि एक प्रमाण हो । मैले स्वास फेर्न सकिनँ, त्यो जर्ज फ्लोइडको लागि मात्रै थिएन, त्यहाँ थुप्रै मानिस थिए, जसले स्वास फेर्न सकेनन् ।’

यस्तो भनिरहँदा जोन्स टिभीमा रुँदै गरेका थिए । साथै उनले कार्यक्रमबाटै बाइडेन र कमला ह्यारिसलाई बधाइ समेत दिए । उनले आफ्ना छोराहरुले यो हेरुन् भन्ने चाहेको र सिंगो देशका लागि यो एक सुन्दर दिन भएको प्रतिक्रिया दिए । ‘यो देशका लागि यो सुन्दर दिन हो । मलाई माफ गर्नूस्, जसले यसकै लागि जीवन त्यागे उनीहरुका लागि यो राम्रो दिन भएन, तर धेरैका लागि यो सुन्दर दिन हो,’ जोन्सले भनेका छन् ।

जोन्सले भनेका छन्, ‘जो बाइडेन हाम्रो अबको राष्ट्रपति हुनेछन् । र डोनल्ड ट्रम्प हुने छैनन् । यदी तपाईँ यो देशमा मुस्लिम हुनुहुन्छ भने तपाईँले राष्ट्रपतिले तपाईँलाई नचाहेकोमा चिन्ता लिनु पर्दैन । यदी तपाईँ आप्रवासी हो भने तपाईँले आफ्ना बालबच्चाहरुलाई टाढा लैजाने बारे सोच्नु पर्दैन । यदी तपाईँ एक स्वप्नद्रष्टा हुनुहुन्छ भने तपाईँ कारण विना नै बाहिर पठाइनुहुन्छ । जब जर्ज फ्लोडको हत्या भएको थियो, उनले मैले स्वास फेर्न सकिनँ भनेका थिए । यी बितेका चार वर्षको अवधिमा हामीमध्ये धेरैले स्वास फेर्न सकेनौँ,’ जोन्सले भनेका थिए ।

नवनिर्वाचित बाइडेनले भने शनिबार सम्बोधनको क्रममा अमेरिकीहरुलाई एकतावद्ध बनाउने र विभाजनलाई निको पार्ने बताएका थिए । ७८ वर्षीय जो बाइडेन अमेरिकामा सबैभन्दा बढी उमेरको राष्ट्रपतिको रुपमा चिर्वाचित भएका छन् । साथै ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने दोस्रो राष्ट्रपति ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal